काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताएका छन् । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)को तेस्रो केन्द्रीय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको…