मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

अप्रिल ९ देखि १७ सम्म टेक्ससमा नवाह आउँदो हप्तादेखि घरघरमा निम्ता सहितको बक्स पठाइदै

अप्रिल ९ देखि १७ सम्म टेक्ससमा नवाह आउँदो हप्तादेखि घरघरमा निम्ता सहितको बक्स पठाइदै


ड्यालस (अमेरिका) । पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाको निर्माण पुरा गर्ने लक्ष्य लिएर आउँदो दुई महिनापछि ड्यालसमा नवाह महायज्ञ हुने भएको छ ।

नवाहको तयारीका क्रममा हालसम्म भएका प्रगतिका बारेमा समुदायलाई जानकारी गराउने उद्देश्यले आइतबार नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको छ । त्यस अवसरमा केन्द्रका पदाधिकारीहरुले १० मिलियन (एक करोड) डलरको लागतमा बनाउन लागिएको नेपालकै जस्तो पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाका लागि नेपाली समुदायका हरेक परिवारको सहयोगको अपेक्षा गरिएको बताए ।

नवाह आउँदो अप्रिल ९ देखि १७ तारिकसम्म हुनेछ । प्रख्यात वाचक दिनबन्धु पोखरेलबाट पुराण वाचन हुनेछ ।

केन्द्र कार्यसमितिकी अध्यक्ष सीता सापकोटाका अनुसार अमेरिकाका हरेक राज्यमा रहेका नेपाली समुदायले गर्व गर्ने भव्य पशुपतिनाथ मन्दिर र स्तुपा बनाउनका लागि सबैबाट सहयोगको आशा गरिएको बताइन् । उनले फेरि एकपटक सबैले मन खोलेर समुदायको पवित्र अभियानमा सहयोगको अपेक्षा गरिएको उल्लेख गरिन् ।

‘हरेक परिवारबाट सकिन्छ संस्थापक सदस्य, ट्रष्टी बनिदिनुस्’ अध्यक्ष सापकोटाको आग्रह छ ।

मन्दिरका उपाध्यक्ष छबीमणि चापागाईले अर्भिङ्गमा रहेको मन्दिर युलेस सरेपछि हरेक हप्ता भक्तजनहरुको उपस्थितीमा भएकोले वृद्धिले मन्दिरको दोस्रो र तेस्रो चरणको निर्माणलाई चाँडो पुरा गर्न दवाव परिरहेको उल्लेख गरे । मन्दिर र स्तुपाका लागि आर्थिक संकलन गर्न आयोजना गर्न लागिएको नवाहका निम्ति हालसम्म १७ वटा उपसमितिहरु गठन भैसकेको र एकहजार ८ कलशहरु आइपुगेर धमाधम बुकिङ्ग भइरहेको समेत उनले जानकारी दिए ।

नवाहको क्रममा कर्ता हुनका लागि एकहजार डलर, पितृको स्मृतिमा तस्बीर नवाह महायज्ञमा राख्न दुईसय डलर र नौ दिनसम्म राखिएको जल सहितको घडा लिनका लागि दुईसय डलर सहयोग रकम राखिएको छ । नवाहको अवधिमा फाउण्डिंग मेम्बर, ट्रष्टी, प्याट्रोन बन्न पनि खुल्ला रहेको पदाधिकारीहरुले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा योजना डिजाइन तथा निर्माण समितिका अध्यक्ष निरज श्रेष्ठले मन्दिर र स्तुपा जतिसक्दो चाँडो बनाउन सकियो त्यतिनै कम लागतमा तयार हुने उल्लेख गर्दै यस पटक फेरि समुदायबाट मन र मुठ्ठी खुल्ला गरेर सहयोगको अपेक्षा गरिएको बताए ।

त्यस अवसरमा मन्दिरका पूर्ब अध्यक्ष सुरेशचन्द्र पोखरेल, ट्रष्टी अध्यक्ष रमेश पोखरेल लगायतले मन्दिर र स्तुपाले समाजलाई एकीकृत, बालबालिकाहरुलाई हिन्दु संस्कार सिकाउने भएकोले सबैले सहभागी भएर सहयोग गर्न आव्हान गरे ।

संशोधित अनुमान अनुसार झण्डै एककरोड डलर खर्च लाग्ने मन्दिर तथा स्तुपा अमेरिकाभरिका नेपाली समुदायले गर्व गर्ने डिजाइन, पूर्वाधारयुक्त हुने बताईएको छ । मन्दिर निर्माणका लागि गर्न लागिएको नवाहका लागि आउँदो सातादेखि सबैका घर ठेगानामा निम्तापत्र, सुपारी र जनै सहितको बक्स पठाउन सुरु गरिने समेत त्यस अवसरमा जानकारी दिइएको छ ।