मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

कोलोराडोमा २१५१ औं ग्यल्पो लोसार भब्यताको साथ सम्पन्न

कोलोराडोमा २१५१ औं ग्यल्पो लोसार भब्यताको साथ सम्पन्न

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडो निवासी शेर्पा समुदायले सनिबार २१५१ औं ग्यल्पो लोसार भब्यताका साथ मनाएका छन् ।

कोलोराडो निवासी शेर्पा समुदायको साझा संस्था शेर्पा नाङपी छोग्पा कोलोराडोको अयोजनामा २१५१ औं ग्यल्पो लोसार मनाइएको हो।

यहां स्थित वोल्डर शहरमा कोलोराडोको विभिन्न शहरवाट शेर्पा परिवारका सदस्यहरु उपस्थित भई भव्यताको साथ सिब्रु नाच्दै मनोरञ्जनका साथ लोसार सम्पन्न भएको शेर्पा नाङपी छोक्पा कोलोराडोका सचिव निमा शेर्पाले बताएका छन् । समारोहमा लामागुरू, संस्थालाइ सहयोग गर्ने बिभिन्न दाता, कोलोराडोमा सकृय नेपाली संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा शेर्पा समुदायका सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो ।

लोसार कार्यक्रम विहान ११ बजे लामा गुरुवाट धार्मिक पुजा गरी शुरुवात भएको थियो । गुम्वा ब्यावस्थापन समितीका पुर्व अध्यक्ष लामागुरू डा. युला शेर्पाको प्रमुख आतित्थ्यतामा सम्पन्न अपरान्हको कार्यक्रम नेपाल र अमेरीकाको राष्टिय गान बजाएर सुरूगरिएको थियो । शेर्पा नाङपी छोग्पाका सचिव निमा शेर्पाले स्वागत मन्तव्य राख्दै संस्थाको उदेस्य, सम्पन्न कार्य विवरण, भावी योजना प्रष्ट्याउदै निकट भबिश्यमा सबै शेर्पाहरूलाइ एकै ठाउमा ल्याउने प्रतिबद्ता जनाएका थिए ।

शेर्पा नाङपी छोग्पाका अध्यक्ष ङवाङ वङछु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी डा. युला शेर्पाले बोद्ध ज्ञान सम्बन्धि मन्तब्य र कार्यक्रमका सभापति ङवाङ वङछु शेर्पाले कार्यक्रममा उपस्थित सबै पाहुनाहरूलाइ धन्यवाद दिदै शेर्पाहरूको सांस्कृतिक पर्व लोसार भब्यताकासाथ सम्पन्न पार्न सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थालाइ बिभिन्न माध्यमबाट सहयोग पुर्याउने दाताहरूलाइ खादा पहिराइ प्रशंसापत्र प्रदानगरी सम्मान गरिएको थियो ।

बेलुकाको कार्यक्रममा संस्थाको निमन्त्रणामा नेपालबाट आएका चर्चित गायक मिङमा शेर्पाको सुमधुर गायनमा सबै पाउनाहरू नाचेर भरपुर मनोरञ्जन लिएका थिए । गायक मिङमाको प्रश्तुती पछि गायक विजय अधिकारीको डिजेमा नाचगान गरी राती १० बजे कार्यक्रम हर्सोउल्लासका साथ सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका सचिब निमा शेर्पा र निमाजाङमु शेर्पाले कार्यक्रम संचालन गरेका थिए ।