मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

एलआइएनएस, न्यू योर्कको अधिवेशनले नेपाली समाज ततायो

एलआइएनएस, न्यू योर्कको अधिवेशनले नेपाली समाज ततायो

गौली र शर्माको समूह चुनावी मैदानमा आमने सामने


यतिबेला विश्वको व्यापारिक केन्द्र अमेरिकाको न्यू योर्क राज्यको न्यू योर्क सहरमा प्रवासी नेपाली समुदायको निकै चहलपहल बढेको छ। चहलपहल बढ्नुको मुख्य कारण हो-प्रवासी नेपालीहरुको संस्था ‘लङ्ग आइल्याण्ड नेपाली समाज, न्यू योर्क’ को अधिवेशन। संस्थाले आफ्नो विधान अनुसार यही आउदो फेब्रुअरी २४ तारिख शनिवारका दिन ७औं अधिवेशन गर्ने तयारी गरिरहेको छ। यस अधिवेशनले आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२०२६)का लागि नयाँ कार्यसमिति चयन गर्ने भएकाले, नेपाली समुदायमा चासो र चिन्तासहितको चुनावी चहलपहल बढेको हो। चुनावी चहलपहले नेपाली समाजलाई निकै तताएको छ।

चुनावी मैदानमा होमिएर उमेद्वारहरु प्रचारप्रसार गर्दै मत माग्न व्यस्त भैसकेका छन्। समर्थकहरु आफूले समर्थन गरेका उमेदवारहरुको प्रचारप्रसार गर्न र उनीहरुको पक्षमा मत माग्न व्यस्त छन्।मतदाताहरु पनि संस्थाको गरिमालाई उचाइमा पुर्याउन सक्ने सक्षम व्यक्तित्वहरुको छनोट गर्न आवश्यक अध्ययन, बहस र चिन्तन मनन गर्दैछन्। मतदानको अधिकार नभएका नेपालीहरु पनि यस विषयले प्रत्यक्ष परोक्ष रुपमा प्रभावित भइरहेका छन्। यतिमात्र नभएर, अमेरिकाका अन्य राज्यहरुमा बस्ने प्रवासी नेपालीहरुले पनि एलआइएनएस(LINS), न्यू योर्कको अधिवेशनलाई नजिकबाट चियो चर्चो गरिरहेका छन्। सारमा भन्नु पर्दा, यस अधिवेशन न्यू योर्क वासी प्रवासी नेपालीहरुको मात्र सरोकारको विषय नभएर, अमेरिका भरिनै रहेका प्रवासी नेपाली समुदायको धेर थोर चासोको विषय बन्न पुगेको छ।

अधिवेशनको मिति नजिकिदै गर्दा, आगामी कार्यकालका लागि संस्थाको कार्यसमितिमा पुग्न आकाङ्क्षा गर्नेहरुको संख्या पनि ठूलै देखिएको छ। आकाङ्क्षीहरु उमेदवारी घोषणा गरी चुनावी प्रचारप्रसारमा जुटिसकेका छन्। हाल कार्यसमितिका बरिष्ठ उपाध्यक्ष कुल प्रसाद गौली(राजन) र महासचिव बाबुराम शर्मा संस्थाको बागडोर सम्हाल्न अध्यक्ष पदका लागि उमेदवारी घोषणा गरी चुनावमा होमिएका छन्। अन्य पदका आकाङ्क्षीहरु पनि कोही गौलीको नेतृत्वमा त कोही शर्माको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका छन्। प्रस्ट भन्दा, अहिले आकाङ्क्षीहरु गौली र शर्माको समूहमा विभाजित भएर चुनावी मैदानमा आमनेसामने भइरहेका छन्। दुबै समूहले सामुदायिक भवन निर्माण, सामुदायिक एकता, नेपाली भाषा संस्कृतिको संरक्षण तथा सम्वर्धन, संस्थागत विकास, संस्थाको गरिमा, समुदायको उत्थानलगायत विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन्।

गौलीको समूहबाट बरिष्ठ उपाध्यक्षमा सबिता सिवाकोटी, उपाध्यक्षमा द्वय गोकुल सापकोटा र इन्दिरा सिंखडा, महासचिवमा राजेन्द्र कार्की, सचिवमा द्वय चन्द्र पराजुली र दिपक अधिकारी, कोषाध्यक्षमा सुरज पोख्रेल र सहकोषाध्यक्षमा राम के राईले उमेदवारी दिएका छन्। त्यसैगरी, गौलीको समूहमा रहेर सदस्य पदमा उमेदवारी दिनेहरुमा, अम्बिका फुयाल, बिकास मैनाली, बिमला भण्डारी, डा.यम राज गिरी, टेक मान तामाङ, प्रशान्त पाठक, रबि खड्का, राज के तामाङ, रोश्नी सिटौला, सुजन रेग्मी, ज्ञानप्रसाद शर्मा र ज्ञानु चन्द रहेका छन्।

यसैगरी, शर्माको समूहमा रहेर चुनावी मैदानमा होमिनेहरुमा, बरिष्ठ उपाध्यक्षमा बाबुराज सिंहा(अमित), उपाध्यक्षमा द्वय विशाल रेग्मी(बिसु) र रुपा भण्डारी, महासचिवमा शंकर भण्डारी, सचिवमा द्वय मन क्षेत्री(मोहन) र रमेश सत्याल, कोषाध्यक्षमा निर्मल थपलिया र सहकोषाध्यक्षमा इन्दु थापा रहेका छन्। यसैगरी, सदस्य पदका लागि उमेदवार भएर यस समूहमा समेटिनेहरुमा, अनुज लामिछाने, सुमन बास्तोला, राजकुमार गुरुङ, दिपक शर्मा, इलिजाबेथ ढकाल, पुष्पराज रेग्मी, निरज सापकोटा, पारश खरेल, नमिता पौडेल, सहकुल गिरी र सरोज जिसी रहेका छन्।

अमेरिकाको न्यू योर्क राज्यमा बसोवास गर्ने प्रवासी नेपलीहरुको हितार्थ सन् २०१० मा स्थापना भएको यस संस्थाले, आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ। दर्जन बढि वर्ष लामो संस्थागत अनुभव बटुलिसकेको यस संस्थाको चर्चा र महत्व पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ। विविध कारणले संस्थाप्रति समुदायको आकर्षण पनि बढ्दै गएका कारण संस्थाको कार्यसमितिमा चयन हुने आकाङ्क्षीहरुको पनि संख्या बढ्दै गइरहेको छ। यस पटकको निर्वाचनमा उमेदवारहरु दुइ खेमामा विभाजित भइ चुनावमा होमिएका कारण चुनावी माहोलको पारो निकै तातिरहेको छ। दुबै समूहले आफ्नो सम्पूर्ण टिमलाई नै जिताउने सक्दो कसरत गरिरहेका भएतापनि, परिणाम भने मिश्रित आउने आकलन गरिएको छ।