मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

प्रवासी नेपाली मञ्च संगठन विस्तार अभियानमा, डाक्टर दाहालको नेतृत्वमा अर्कान्ससमा कमिटी गठन

प्रवासी नेपाली मञ्च संगठन विस्तार अभियानमा, डाक्टर दाहालको नेतृत्वमा अर्कान्ससमा कमिटी गठन


नव गठित अर्कान्सस राज्य आयोजक कमिटीका अध्यक्ष : नवराज दाहाल।

यतिबेला प्रवासी नेपाली मञ्च आफ्नो संगठन विस्तारको अभियानमा जुटेको छ। यसैक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको भौतिक उपस्थितिको बैठक मलेशियामा सम्पन्न भएको छ। बैठक अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाको अध्यक्षतामा बसेको थियो। संगठन विस्तारको अभियानका क्रममा हङकङ, मकाउ हुदै कम्बोडिया पुगेका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाको प्रमुख आतिथ्यता तथा सचिवालय सदस्य एवम् अमेरिका महादेश इन्चार्ज प्रभु थापाको विशेष आतिथ्यतामा, प्रवासी नेपाली मञ्च राष्ट्रिय भेला आयोजक कमिटी, कम्बोडिया गठन भएको छ।

यसैबिच, अमेरिकाको अर्कान्सस राज्यमा पनि राज्य आयोजक कमिटी गठन भएको छ। आज फेब्रअरी १८ तारिख आइतवारका दिन सम्पन्न भएको भेलाले, डाक्टर नवराज दाहालको अध्यक्षमा राज्य आयोजक कमिटी गठन भएको हो। कमिटीको उपाध्यक्षमा, डाक्टर दिनेश भट्टराई र सचिवमा अर्जुन चापागाँई चयन भएका छन्। यसैगरी, कमिटीको सदस्यहरुमा दिपकराज जोशी, पुष्पा घिमिरे र चेतना ओली चयन भएका छन्। ओएनएफ आइसिसिका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यता रहेको भेला, नव निर्वाचित अध्यक्ष दाहालको अध्यक्ष्यतामा सम्पन्न भएको हो।

ओएनएफ अमेरिकाका उपाध्यक्ष भिम ओलीले सञ्चालन गरेको कार्यक्रमलाई ओएनएफ आईसिसि सचिवालय सदस्य एवम् अमेरिका महादेश इन्चार्ज प्रभु थापा, ओएनएफ अमेरिका महादेशका संयोजक ईश्वरी भट्ट, ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष गोकर्ण दाहाल, सचिव छबी पाण्डे, सचिवालय सदस्य भुवन अधिकारीलगायतले सम्बोधन गर्दै नव निर्वाचित कमिटिलाई सफलताको शुभकामना दिएका थिए।

यसैबिच, प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारणसभा यहि मे महिनाको अन्तिम साता लसएन्जलसमा गर्ने निर्णय भएसंगै साधारणसभाको तयारीले पनि तिब्रता पाइरहेको छ। निर्धारित समयमा साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीका लागि राष्ट्रिय कमिटी जुटिसकेको जनाइएको छ।