मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

कोलोराडोमा सरस्वती पूजा संगै बाल प्रतिभा प्रश्तुती सम्पन्न

कोलोराडोमा सरस्वती पूजा संगै बाल प्रतिभा प्रश्तुती सम्पन्न


कोलोराडो (अमेरीका)- नेपाली भाषा, साहित्य, कला तथा संस्कृती जोगाई राख्ने उद्धेश्यले आयोजना गरिएको सरस्वती पूजा तथा बाल बालिकाहरुको प्रतिभा प्रश्तुती कोलोराडोमा शनिबार सम्पन्न भयो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर, नेपाली भाषा पाठशालाको आयोजनामा बसन्त पञ्चमीको अवसर पारेर बिद्याकी देबी सरस्वतीको पूजा आरधाना संगै भाषा पाठशालाका छात्र छात्राहरुको प्रतिभा प्रश्तुती समारोह सम्पन्न गरिएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, साना बाल बालिका, बाल कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा बालिकाहरुका अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Advertisement
ADVERTISEMENT

कार्यक्रमको शुरुमा पण्डित जिवन बराले बिद्याकी देवी सरस्वतीको बिधि पूजा अर्चना गराइ, स्त्रोत्र पाठ, मन्त्रो चच्चारण संगै स्वस्ति वाचन गरेका थिए भने, पाठशालाका गुरुहरु तथा बाल बालिकाका अभिभावकले बिधिबत सरस्वती पुजा गर्दै कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा उपस्थित संम्पूर्ण बालबालिका, अभिभावक तथा उपस्थित सबैले सरस्वतीमाताको पुजा आरधाना गरी प्रसाद ग्रहण गरेका थिए ।

कार्यक्रमको दाश्रो चरणमा भाषा पाठशालाका बिद्यार्थीहरुको प्रतिभा प्रस्तुती कार्यक्रम रहेको थियो । साना बाल बालिकाहरुले कुशलता पूर्वक आ आफ्नो प्रतिभा प्रश्तुत गरेका थिए । दोश्रो चरणको कार्यक्रम सानी बालिका माया ज्ञावालीले पियानोबाट नेपाली राष्ट्रिय धुन बजाई शुरु गरेकी थिईन । कार्यक्रममा डेढदर्जन भन्दा बढि बाल कलाकारहरुले आ आफ्नो प्रतिभा प्रश्तुत गरेका थिए ।

बालबालिकाहरुले नेपाली पहिरहनमा सजिएर कुशल नृत्य, कविता वाचन, सरस्वती पुजाबारे जानाकारी, अभिभावक बिद्यार्थि तथा शिक्षक संग संम्बधित नाटक, नहेरी अमेरीकाको ५० स्टेटको नाम, अमेरीकी डलरहरु १ देखी १०० सम्म भएका राष्ट्रपतिको नाम लगायत बिभिन्न ज्ञानगुनका कुरा बताएर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । समारोहमा साना बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने कार्यक्रमा समेत संचालन गरिएको थियो । कार्यक्रममा २९ जना बालबलिकाहरुले आजैको साईतमा अक्षर आरम्भ गरेका थिए । एरिका अधिकारीले संचालन गरेका कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राजु सिटौलाले कार्यक्रमलाई सफलताको साथ सम्पन्न बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए भने, महासचिव किरण अधिकारीले कार्यक्रममा सहभागी सबै बाल कलाकारहरुलाई प्रशंसा पत्र प्रदानगरी सम्मान गरेका थिए ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा डा.रबीता पाठक ओझा फाउण्डेशनका तर्फबाट नेपाली संस्कृतिक केन्द्र नेपाली घरकालागी गणेशको मुर्ति र एलस्टेट ईन्सुरेन्स शुनिल पाठक एजेन्सीका तर्फबाट दुईवटा पानस एजेन्सीका संस्थापक शुनिल पाठकद्धारा नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाललाई हस्तान्तरण गरेका थियो ।

मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो । आफ्नो भाषा सस्कृती आफ्ना भावी पुस्तामा जस्ताको तस्तै हस्तान्तरण गरी यसको संरक्षण गर्न आफ्नो पहिचाहन जोगाई राख्न प्रवासमा यस्ता कार्यक्रमहरु संचालन हुदै आएको छ।

शेयर गर्नुहोस:

1.7k
Shares