काठमाडौँ । राहदानी छपाइ ठेक्कामा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा ठेक्का दुई प्याकेजमा विभाजन गरिएको खुलेको छ । परराष्ट्र मन्त्रालयका तत्कालीन कानुन उपसचिव पुष्करराज नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको बयानमा प्रधानमन्त्री निवासमा भएको छलफलपछि ओलीले प्रतिस्पर्धा बढाउने र लागत घटाउने भन्दै ठेक्का दुई प्याकेजमा विभाजन…