ड्यालस (टेक्सस) । नेपाली समाज टेक्ससको भोली शनिबार हुने निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन आयोगका पदाधिकारीहरु, नेपाली समाज टेक्ससका पदाधिकारीहरु शुक्रबार अबेरसम्म चुनावी प्रकृयाको तयारीको लागि व्यस्त थिए । शनिबार बिहान ८ बजेदेखि मतदान सुरु हुने र साँझ ७ बजेभित्र चुनावस्थलमा प्रवेश गर्नेले मतदान गर्न पाउने निर्वाचन आयुक्त विजयराज भट्टराईले जानकारी दिए ।…