जीवन्त अभिनयका निम्ति आफैँ पात्र बन्छन् कलाकार

काठमाडौँ । चलचित्रमा अभिनेता, अभिनेत्रीका भूमिका वा पात्र फरक–फरक देखिने गर्छन् । उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् । निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने फरक हुन्छ । अभिनेता राजेश हमालले अभिनयमा तीन दशकभन्दा लामो समय बिताइसकेका छन् । उनलाई ग्रामीण परिवेशदेखि सहरिया भूमिकामा दर्शकले रुचाएका…