मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राष्ट्र बैंकमा गाडी सुविधा विरुद्ध रिट

राष्ट्र बैंकमा गाडी सुविधा विरुद्ध रिट

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर: सामाजिक संजाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरुले अवकाशसँगै आफूले चढेको संस्थाको गाडी लिएर जाने चलन विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको छ ।

अधिवक्ताद्वय कुमार मगर र भरत कार्कीले गाडी सुविधा विरुद्ध रिट दायर गरेका हुन् । सुरुमा राष्ट्र बैंकका गभर्नरलाई मात्र अवकाश हुँदा चढेको गाडी दिने नियम रहेकोमा पछिल्ला समयमा राष्ट्र बैंक आफैंले विनियम बनाएर डेपुटी गभर्नरहरु र कार्यकारी निर्देशकहरुलाई समेत उक्त सुविधामा सामेल गराइएको छ । यसले गर्दा संस्थालाई ठूलो हानी पुगेको तर्क रिट निवेदकहरुको छ ।

राष्ट्र बैंकबाट अवकास पाउने २१ पदले यो सुविधा पाउने गरि मनलाग्दी रुपमा नियम, विनियम संशोधन गरेर हानी पुर्याएको दावी समेत रिट निवेदकको छ । गभर्नरले अवकास हुँदा एककरोड ८२ लाखसम्मको, डेपुटी गभर्नरले एककरोड ४३ लाखसम्मको र कार्यकारी निर्देशकहरुले ७१ लाख ५० हजारसम्मको गाडी लैजान पाउने गरि विनियम संशोधन गरिएको छ ।

सुरुमा तत्कालिन गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठ अवकास हुँदा यो सुविधाको सुरुवात गरिएको थियो । पछिल्लो समयमा डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुलाई समेत थपेर गाडी बाँड्ने चलन सुरु भएको छ । रिट निवेदकहरुका अनुसार हालसम्म ६० जना भन्दा बढीले यस्तो सुविधा लिएर राष्ट्र बैंकलाई हानी पुर्याइसकेका छन् ।

गत माघ २३ गते सर्वोच्चमा दर्ता भएको रिटमा माघ २८ गते पहिलो सुनुवाई भएको थियो । यसमा अन्तरिमा आदेश जारी गर्नुपर्ने हो कि होइन भन्ने विषयमा छलफल गर्न आउँदो फागुन १४ गते दुबै पक्षलाई बोलाइएको छ ।