खाइ खाइ विकास गरौँ !

देशको विकास त्यसै हुँदैन देशभक्तिको चर्को नारा लाउनु पर्छ चाहेको ठाउँमा पुग्नु छ भने ठूलाबडाको निवास सारा धाउनु पर्छ पाउमा लम्पसार परेर भए पनि ठूलाबडाको भजन गाउनुपर्छ ज्ञापनपत्र बुझाएर भन्नुपर्छ कि मेरो पनि पालो आउनुपर्छ मुखले बोलेर मात्र राजनीति हुँदैन दह्रो हातले पार्टीको झन्डा समाउनु पर्छ जनताको मन जितेर भए पनि दशतिरको कोषबाट खाइखाइ कमाउनु…