प्रिय तिम्रो संकुचितताको सांघुरो खाडलमा मलाई जबरजस्ती किन धकेल्छौ ? मेरो हात , खुट्टा मन र मस्तिष्कलाई तिम्रो संकीर्ण विचारको डोरीले बाँध्ने व्यर्थ कसरत नगर विन्ती ! म उड़न चाहन्छु बग्न अनि पोखिन चाहन्छु फैलिन चाहन्छु आकाश , धर्ती , हावा , पानी र आगो जस्तै फैलिनुको उपमा दिनु परे तिमी आकाश सम्झिन्छौ होइन…