मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

विक्री

विक्री

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुध्द देखाई झुट वेच्न,

कतिन्जेल हिड्छौ होला |

भगवान रुपी नाम बेच्दै,

कतिन्जेल बिक्छौ होला ॥

 

के नै छ र बेच्न बाँकी,

ईमान जमान बिके पछि |

झुट लुकाउन सत्यसंग,

कतिन्जेल लुक्छौ होला ||

 

सत्य खोज्न बाहिर किन,

पहिले मनलाई सोध |

पापी कर्म लुकाएर,

कतिन्जेल सुत्छौ होला ||

 

बजारमा पुरै चर्चा,

तिम्रै कामको हाई हाई छ |

गन्हाएरको हाई हाईसंग,

कतिन्जेल टिक्छौ होला ||

 

सीता बेच्यौ राम बेच्यौ,

बेच्न के छ बाँकी |

स्वाभिमानमा दागै दाग  छ,

अझै कति भुक्छौ होला ॥