पञ्चायतले बीपी पछि नेतृत्व गर्ने सम्भावना भएका नेताहरूलाई बिगारी दियोः कृष्णलाल सापकोटा

कृष्णलाल  सापकोटा नेपाली काँग्रेसका पुराना राजनीतिक कार्यकर्ता हुनुहुन्छ । २००७ साल देखिनै  काँग्रेसले देशको भलो गर्छ भन्ने विश्वासमा उहाँ नेपाली काँग्रेसप्रति आकर्षित हुनुभएको थियो ।    नेपालका मुर्धन्य राजनीतिक व्यक्तित्व बीपी कोइरालाबाट उहाँ प्रभावित हुनुहुन्थ्यो । २०१५ सालको आम निर्वाचनमा बीपी कोइरालालाई भेट्नु भएका सापकोटाले त्यसपछि सधैँ बीपीलाई आदर्श मान्दै काँग्रेस पार्टीमा समर्पित हुनुभयो ।…