मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

नेपाली पासपोर्ट नै बोकेर संसार घुम्दै गर्दा गर्व गर्छु महानायक राजेश हमाल

नेपाली पासपोर्ट नै बोकेर संसार घुम्दै गर्दा गर्व गर्छु महानायक राजेश हमाल


महानायक राजेश हमालको यूरोप भ्रमणको अवसर पारेर संचारकर्मी भोला लामिछानेले नायक हमाल सग गरेको छोटो अन्तरवार्ताको अंश प्रस्तुत छ । 
 
यूरोप भ्रमणमा आउनु भएको छ कती औ पटक हो यो तपाईको यूरोपको आगमन ? 
 
थुप्रै पटक आएको छु यूरोपमा खासै एकीन भन्न सकीन सानो उमेरमै यूरोप आउने जाने गरेको हु , म रसीयामा बसेर पनी पढेको थिए ।सानो छदा स्पेन आएको याद छ तर अहिलेको स्पेनको सबै जसो ठाउहरू घुमाईको क्षण अविस्मरणीय रह्यो । 
 
यूरोप भ्रमणको तय कसरी भयो थाहा नदिई सुटुक्क आउनु भयो त ? 
 
होईन मेरो नजिकका मित्र शिव कार्की जी ले नेपाली मुभी चि मुसी ची को प्रदशन गर्न यूरोप आउन लाग्नु भएको र मलाई पनी सगै आउन आग्रह गरेसगै म यता आएको हु , हाम्रो पोल्यन्डमा कार्यक्रम पहिल्यै नै तय भएको थियो  । तर समय भने निकै छोटो रहेको थियो ।
 
छोटो समयमा नै कार्यक्रम सहित ५,६ देश त घुम्नु भयो नी त ? 
 
यो सबै तपाईहरू जस्तै दर्शक स्रोता हरूको मायाले संम्भव भएको हो , सेप्टेम्बर २० तारीख पोल्यान्डको कार्यक्रम सकेका थियौ स्पेनमा साथीहरूले बोलाउनु भयो म्याड्डीड मा कार्यक्रमको सेडुल तय भयो । लगत्तै स्पेनका थुप्रै एतीहासीक र पर्यटकीय ठाउहरू पनी घुम्ने अवसर प्राप्त भयो । बेनीड्रमको खावीया भन्ने ठाउ रहेछ म सानै देखी पौडीको शौखी मान्छे हु यस क्षेत्रमा आउदा पौडीन समेत भ्याए । पछी स्पेनकै बार्सिलोना , पोर्चुगलको लिस्वन , बेल्जीयम को एन्ट्रोपेन लगायतका ठाउमा पनी नेपाली समुदायको अनुरोधमा साना साना कार्यक्रमहरू तय भएका हुन् । यूरोपको बिकास को पुर्वाधारले नै छोटो समयमा धेरै ठाउमा पुग्न सकीन्छ हैन र ? 
 
तपाई कलाकारको हैसीयतले बिदेशमा नेपाली समुदायलाई कसरी हेर्नुभा छ ? 
 
ह…. नेपाली जहा गएर जस्तो तरीकाले बसे पनी उ नेपाली नै हो हाम्रो बिदेश मा नेपालीहरूको ईतिहास लामो छैन । अहीलेको यो पहिलो पुस्ता हो पहिलो पुस्ता भएकोले हाम्रो जिम्मेवारी अली बढी नै रहेको हुन्छ उहा हरू रोजी रोटीको लागी होस् या पढाई तथा अन्य जो सुकै तरीका बाट पनी बिदेश लागेको होस् , थप जिम्मेवारी रहेको छ  यो मानेमा की पहिलो पुस्ता आफ्नै देशको कला संसकृती नरिजी रीवाजमा भिजेको हुन्छ उसले विश्वको जुन कुनामा पुगेपनी त्यो चिजलाई मेट्न सक्दैन तर अब अर्को पुस्ता जो यतै आएर हुर्केको हुनुहुन्छ उहाहरूलाई हाम्रो देशको कल्चर कला संस्कृती ले त्यती प्रभाव पारेको हुन्न त्यही भएर पुरानो पुस्ता अगाडी थप चुनौती रहेको छ त्यो चाही नयाँ पुस्तालाई कसरी नेपाली कल्चर सग घुलमिल गरेर अगाडी बढाउने भनेर । कलाकारको हैसियतले हैर्दा पनी या एक नेपाली को नाताले यसरी बिदेशी भुमीमा नेपाली श्रम बगाउनु पर्कै पनी राम्रो होईन देशको दुर्भाग्य र हाम्रो बाध्यता नै हो जस्तो लाग्छ आशा गरौ विस्तारै राम्रो होला । 
 
सिनेमा लाईनको शुरूवात कसरी गर्नु भयो ? तपाई यसरी नेपालकै हिरो बन्छु भनेर पहिल्यै सपना देख्नु भा थियो ? 
 
हो मेरो परिवार फरक क्षेत्रको हुनुहुन्छ मलाई यस क्षेत्रमा कहिल्यै पनी सपोर्ट गर्नु भएन , सिनेमा क्षेत्रमा लाग्यो ? के देखेर लागेको होला ? त्यो बेलामा म सग थुप्रै प्रश्नहरू आईरहन्थे , जब मैले मेरो पहिलो चलचित्र युगदेखी युगसम्म को काम गरे यसलाई सबै आम नेपाली जनमानसले रूचाईदिनु भयो , यसले म भित्र धेरै उत्साह थप्यो , मलाई यस क्षेत्रमा टिक्न सबै दर्शको हात छ , म कसैको कृपाले यस क्षेत्रमा लागेको होईन , आफै मेहनत गरेर एक पछी अर्को चलचित्र सफल हुदै आए सगै म मा थप हौसला र उत्साह थपीएको हो । म पहिले देखी हिरो को सपना त थिएन तर भित्र भित्र आत्मबिस्वास थियो र काममा निरन्तर लागेर यो अवस्थामा आए । त्यो बेलामा बर्ष मा १ जती फिल्म बन्थे म एक्लो सैनिक थिए यस क्षेत्रमा । 
 
तपाईलाई बिदेशको बिकास र रमझमले छोएन ? कहिले काही काठमाडौको धुलो र धुवा ले बिदेश तिर बस्ने मन जागेन ? 
 
ममा सानै उमेर देखी बिदेशी संकारको ज्ञान थियो , बुबा राजदुत हुनुहुन्थ्यो म उहा जहा जानु हुन्छ त्यही जादै पढ्ने मौका पाए । रसीया बाट मेरो पढाई सुरूवात भयो , ईन्डीयामा पनी गएर पढे , पछी नेपालमा अमृत साईन्स कलेजमा पढे , मलाई बिदेशी मोहले त्यती छोएन , विस्तारै सिनेमा क्षेत्रमा धेरै व्यस्त हुन थाले , म मा वास्तवमा भन्ने हो भने विदेशको मोह जागेन , जहा जान्छु नेपाली भनेर बोल्दा शान आउछ । नेपाली पासपोर्ट नै बोकेर संसार घुम्दै गर्दा गर्व गर्छु । 
 
हाम्रो देशको बिकास नहुनु मा नेपाली नेताहरू कै हात छ ? 
 
केही मानेमा हो तर पनी देशका जनताहरू एक भएर जाग्नु पर्यो , जनताहरू शिक्षीत हुनुपर्यो , यो पार्टी त्यो पार्टी नै भनेर पछी लाग्दा सबै असल नेतृत्व कर्ताहरूको प्रवेश पनी हुन सक्छ , भन्ने छैन , आखीरमा नेपालका पार्टी का सिद्दान्त हरू त कसैका पनी नराम्रा छैनन् नी  पार्टीलाई नहेरी निस्वार्थ भावनाको जागरूक ब्याक्ती लाई लिडरमा लग्नु पर्छ  साथसाथै त्यती मात्र नभएर उसले आफ्ना जिम्वेवारीहरू पनी बिर्सनु हुदैन । विकासको लागी सक्षम नेतृत्व सगै जागरूक जनताहरूको खाचो रहन्छ । 
 
भेटघाटको छोटो समय हुदा  पनी हामिलाई समय दिनु भयो , धन्यबाद राजेश सरलाई अन्तमा केही भन्नु हुन्छ ?
 
नेपाली डायसफोरामा रहेर पनी नेपालीहरू आफ्नो अमुल्य समय मिलाएर बिभिन्न कार्यक्रम हरू को आयोजना गर्दै हामीलाई भेटघाट गर्ने मौका मिलाउनु हुन्छ यसको लागी सबै नेपाली दाजुभाई दिदीबहीनी हरू लाई विशेष धन्यबाद । साथै नेपाली वेभ मिडिया कर्मी सम्पुर्ण टिमको प्रगतीको कामना गर्छु ।