मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

पप्पु कन्स्ट्रक्सनलाई काम हामीले दिएको होइनः प्रधानमन्त्री अोली

पप्पु कन्स्ट्रक्सनलाई काम हामीले दिएको होइनः प्रधानमन्त्री अोली


न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले पप्पु कन्स्ट्रक्सनलाइ अहिलेको सरकारले ठेक्का नदिएको स्पष्ट पारेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्कमा आएका प्रधानमन्त्री ओलीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै पप्पले बनाएका पुलहरू पहिलेनै बनेका र भत्किएका पुल, नबनेका पुल, भाँच्चिएका पुल, कच्ची पुल, जे भएका अफ्नो समयमा नभएको बताएका छन् । 
 
ती पहिले त्यस प्रकारकाले केके लिने दिने भए, पहिलेकाले जानुन् । केके कारणले एउटा पनि राम्रो काम भएन, त्यो पहिलेका सरकारले जान्ने कुरा हो । तर, अहिलेको सरकारले तत सम्बन्धमा छानविन गरेको छ । खोजीनिती गरेको छ र छानविनबाट त्रुटीपूर्ण, अपराधपूर्ण देखिएका ठाउँमा कारवाही गर्छ । 
देशले हाम्रै पालामा काँचुली फेर्ने प्रधानमन्त्रीले बताएका छन् । देशले हाम्रै पालामा बिकास गर्ने, सरकारले राम्रो गरेको भए पनि केहि तत्व बिरोधमा लागेको प्रधानमन्त्रीको भनाई छ । सरकारको बिरोध गर्ने र कुप्रचार गर्ने काम गर्नेहरुले भ्रम फैलाउन खोजे पनि सरकारले दिर्घकालिन र बर्तमान पनि राम्रा योजना लिएर अगाडि बढेको भनाई छ । 
 
गैर आवासीय नेपालीहरुले खोजेका सबै अधिकार प्राप्त गर्ने कुरामा बिश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले देशमा लगानी गर्न समेत आग्रह गरेका छन् । आफू अमेरिकामा आएको बेला नेपालमा माधव नेपाल लगायतका नेताले देश डुब्न लागेको भनेको भनाई प्रति प्रधानमन्त्री ओलीले आफु आए पछि ठिक हुने बताएका छन् । निर्मला हत्याकाण्ड, सिके राउत, समसामयीक बिषय लगायतका प्रश्न समेटिएको कार्यक्रम यु स्टाट अगेनको लिंक यहाँ राखिएको छ ।