मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

नेजा नेपाली समुदायसंग मिलेर काम गर्छ अध्यक्ष सुदिप पन्त

नेजा नेपाली समुदायसंग मिलेर काम गर्छ अध्यक्ष सुदिप पन्त


हिमालयखवर संवाददाता
अमेरिका- विभिन्न सन्दर्भमा अमेरिकामा बसोवास गर्ने नेपाली संचारकर्मीको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)का नवनियुक्त अध्यक्ष नेपाली समुदायसंग सहकार्य गरेर आफु अगाडी वढ्न चाहेको वताएका छन् ।
 
विदेशमा त्यसमा पनि अमेरिकामा रहेका नेपाली समुदाय अझै संक्रमणकालमा छ, यो अवस्थामा हाम्रो समुदायलाई कसरी उन्नत बनाउन सकिन्छ,यो गर्नु पर्ने दायित्व हाम्रो पनि हो हिमालयखवरसंगको अन्तवार्तामा पन्तले भने नेपाली समाज बलियो हुन सक्यो भने हामी अझ व्यवसायीक वन्छौं त्यसैले समाजसंग सहकार्य गरेर जाँदा हामी सवै सफल हुन्छौं । 
 
सानो होस् वा ठूलो होस् कुनै पनि समुदायका लागि सुचना आवश्यक पर्छ ।  टेक्सस, मेरिल्याण्ड, क्यालिफोर्निया, न्यूयोर्क लगायतका राज्यमा नेपाली समुदायको अवस्था पहिले भन्दा सुधार भएको छ, यो सकरात्मक पक्षलाई अझ अगाडी वढ्न सकिन्छ उनले भने । 
 
अन्तवार्ताका क्रममा अध्यक्ष पन्तले नेपाली समुदायका संचारकर्मीका विविध पक्षमा पनि आफ्नो धारणा राखेका छन् । 
 
नेपालमा पत्रकारिता गरेर आउनु भएका साथीहरु विच पारिवारिक वातावरण वनाउन कसरी सकिन्छ । यहांको मुलधारमा नेपाली संचारकर्मीलाई लैजान उत्प्रेरणा दिन सकिन्छ कि त्यो पनि पहल गर्ने प्रयास गर्ने छौं, उनले भने ।
 
अध्यक्ष पन्तले प्रवासको पत्रकारिता निकै कठिन मोडमा रहेको वताए ।  कठिन भएपनि केही न केही भईरहेको छ, व्यस्त समय कटाएर समुदायका लागि संचारकर्मी साथिहरुले काम गरिरहनु भएको छ । नेपाली समाज बलियो हुन सक्यो भने हामी अझ व्यवसायीक वन्छौं त्यसैले समाजसंग सहकार्य गरेर जांदा हामी सफल हुन सक्छौं , उनले भने । 
 
पत्रकारलाई दुख पिडा पर्दा सहयोग गर्नु पर्छ भन्ने उद्देश्य नेजाको पनि हो । सेतो लुगा लगाएर संस्थाको नेतृत्वमा आएको छु त्यही लुगामा म नेतृत्व हस्तान्तरण गरेर जान्छु पारदर्शीयता र इमान्दारिकताका साथ म काम गर्छु कार्यसमितिमा रहेपनि नरहेपनि यहाँ भित्र आएर काम गर्न म सवैलाई आग्रह गर्छु उनले भने कसले कुन स्तरको पत्रकारिता गरेको छ, त्यो मूल्यांकन समाजले गर्ने हो हामी सबै एकै ठाउंमा वसेर काम गरौं भन्ने उनको आग्रह छ ।
 
हेरौं हिमालयखवरका लागि डोल्मा लामा र शंकर वाग्लेले लिनुभएको अन्तरवार्ताको सार संक्षेप ।