काठमाडौँ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन् । उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गरेका छन् । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा…