मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पतालमा बीएन पढ्ने विद्यार्थीलाई स्वागत

भरतपुर अस्पतालमा बीएन पढ्ने विद्यार्थीलाई स्वागत


चितवन । भरतपुर अस्पतालमा बीएन पहिलो वर्षमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले स्वागत गरेका छन् । 
 
अस्पतालको नर्सिङ क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी द्वितीय वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले स्वागत गरेका हुन् ।
 
अस्पतालको नर्सिङ कार्यक्रम संयोजक देवी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. रुद्रप्रसाद मरासिनीले अस्पतालले घाटा नै खाएर भए पनि बीएन कक्षा सञ्चालन गरेको भन्दै अनुशासित र मर्यादित भएर गुणस्तरीय शिक्षा लिन आग्रह गरे । 
 
हामीलाई पैसा र संख्यासँग कुनै मतलब छैन, मेसु डा. मरासिनीले भने, ‘भरतपुर अस्पतालका बीएन पढेर बाहिरका अस्पतालमा जागिर खाएर पढ्ने सपना नदेख्नुहोस्, किनकि हामीलाई क्वालिटीसँग मात्र सम्बन्ध रहन्छ ।’ 
 
सो कार्यक्रममा बोल्दै अस्पतालका निर्वतमान अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पताल नेपालका ठूला १८ अस्पतालमध्ये उत्कृष्ट अस्पतालमा परेको भन्दै अब छिट्टै अस्पतालले एमएन कक्षा पनि सञ्चालन गर्ने विश्वास व्यक्त गरे । 
 
शिक्षालाई सेवासँग जोड्ने उदेश्यले काम गरेकोले नै अस्पतालमा सस्तो दरमा बीएन कक्षा सञ्चालन गर्न सफल भएको सुवेदीले बताए । कार्यक्रममा बीएन पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थी दिया भट्टराई, बीएन पहिलो वर्षकी कार्यक्रम संयोजक विष्णुकुमारी श्रेष्ठ, अस्पताल नर्सिङ प्रशासक सरिता कार्की, प्रतिभा सुवेदीलगायतले बोलेका थिए । 
 
भरतपुर अस्पतालमा गत वर्षदेखि बीएन  कार्यक्रम सञ्चालन हुदै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्ससँग सम्झौता गरेर अस्पतालले जम्मा ३ लाखमा ३ वर्षे बीएन कक्षा सञ्चालन गर्दै आएको छ । गत वर्ष भरतपुर अस्पतालको लागी २० जनाको मात्र सिट निर्धारण गरिएकोमा यस वर्ष वृद्धि गरेर ४० जना पु¥याइएको छ ।