काठमाडौँ । पित्त–पत्थरको उपचार आयुर्वेदीय पद्धतिबाट कम पीडा र सर्वसुलभ रूपमा हुने देखिएको छ । पित्त–पत्थरको आधुनिक चिकित्सा पद्धतिबाट उपचार गर्दा शल्यक्रिया गर्नुपर्ने हुन्छ जुन पीडादायी र खर्चिलो हुन्छ । तर आयुर्वेद उपचार पद्धति औषधिको प्रयोगबाट सरल तरिकाले ठीक हुन्छ । लोकगायिका चन्द्रकला शाह पित्त–पत्थरको उपचारका लागि आफूलाई आयुर्वेद उपचार ठीक लागेको अनुभव सुनाउँछन्…