काठमाडौँ । स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ व्यवस्था गरेको छ। मन्त्रालयले जारी गरेको ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ ले प्रसूति सेवाका क्रममा पर्दा लगाएर आमाको गोपनीयता कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’…