काठमाडौँ । चिकित्सा शिक्षा र जनताको स्वास्थ्योपचारमा सुधारको माग राख्दै १५ दिनदेखि जुम्ला पुगेर आमरण अनसनमा रहेका शिक्षण अस्पतालका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । डा केसीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै अनसनस्थलमा इमर्जेन्सीका औषधि तथा उपकरणहरु तयारी अवस्थामा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले बताए । …