मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा केसीको समर्थनमा रेजिडेन्ट डाक्टर आन्दोलित, आकस्मिकबाहेक सबै सेवा ठप्प

डा केसीको समर्थनमा रेजिडेन्ट डाक्टर आन्दोलित, आकस्मिकबाहेक सबै सेवा ठप्प


काठमाडौं । चिकित्सा शिक्षा तथा सेवा सुधारका लागि १३ दिनदेखि जुम्लामा आमरण अनशन बसिरहेका डा। गोविन्द केसीको समर्थनमा आन्दोलन चर्किँदै गएको छ । 
 
डा केसीको समर्थनमा आन्दोलनमा उत्रिएका डाक्टरहरुले शुक्रबारदेखि देशैभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । 
 
नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) को आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । अनशनरत डा केसीका माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागिसमेत संवेदनशील नभएको भन्दै एनआरडीएले सेवा ठप्प पार्ने निर्णय गरेको हो ।
 
एनआरडीएका अध्यक्ष डा सुमित पाण्डेले अनसनरत डा केसीका मागप्रति सरकार संवेदनशील नभएकाले आफूहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रनुपरेको बताए । उनले भने, “यस आन्दोलनबाट हुने क्षति र असुविधाप्रति एसोसिएसन नभएर सरकार जिम्मेवार हुनुपर्छ ।”
 
एसोसिएसनले शुक्रबार माइतीघर मण्डलामा विरोधस्वरुप ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । डा केसीको समर्थनमा नागरिक समाज, नेपाल मानवअधिकारवादी संगठन, पेसागत संगठन, विद्यार्थी एवम् सर्वसाधारणले ऐक्यबद्धता जनाएका छन् ।