चिकित्सकको दण्ड सजायसम्बन्धी व्यवस्थालाई संशोधन हुने

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले भदौ १ गतेदेखि लागू हुन थालेको मुलुकी अपराध (सहिंता) ऐन २०७४ मा चिकित्सकको दण्ड सजायसम्बन्धी व्यवस्थालाई संशोधन गर्ने जनाएको छ ।    चिकित्सकको दण्ड सजायसम्बन्धी ऐनमा भएको व्यवस्थाप्रति नेपाल मेडिकल एसोशिएसनले व्यक्त गरेको चासोप्रति सरकार संवेदनशील रहेको र उक्त विषयलाई प्रचलित कानूनमा आवश्यकताअनुसार संशोधन गर्ने मन्त्रालयका प्रवक्ता…