क्यान्सरको चाँडै उपचार गरिए निको हुन्छ : मनिषा कोइराला

चितवन– क्यान्सरलाई नै जितेर पुनर्जीवन पाएकी नेपाली चेली एवम् बलिउड अभिनेत्री मनिषा कोइरालाले क्यान्सर भए÷नभएको चाँडो पत्ता लगाएर उपचार चाँडै सुरू गरे क्यान्सर निको हुने बताएकी छन् ।    ‘सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपाल’ नामक क्यान्सर उपचारमा संलग्न चिकित्सकहरुको संस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले आफू क्यान्सरमुक्त हुँदाको अनुभव सुनाएकी थिइन्…