डा भक्तमान श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाई सुरू

काठमाडौँ । चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अन्तिम सुनुवाई सुरू भएको छ ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते डा श्रेष्ठविरुद्ध १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर गरेको थियो…