बुटवल । छालासम्बन्धी रोग दाद (छालामा रातो देखिने)ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता रहेको दाद महामारीको रुपमा फैलिएको हो । छाला, यौन तथा कुष्ट रोग विशेषज्ञ डा योगेश पौड्यालले दादको ‘स्टेर वाइड’ औषधिका कारण यसले महामारीको रुप लिन थालेको जानकारी…