मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

डा केसीको जीवनरक्षाका लागि सरकार गम्भीर भएनः चिकित्सक संघ

डा केसीको जीवनरक्षाका लागि सरकार गम्भीर भएनः चिकित्सक संघ


काठमाडौँ । नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको जनाएको छ । 
 
संघले आज पत्रकार सम्मलेन गर्दै १९ दिनदेखि अनशनरत केसीको जीवनरक्षाका लागि प्रधानमन्त्री, उपप्रधान तथा स्वास्थ्य र शिक्षामन्त्रीलगायत राजनीतिक दलका शीर्षस्थ नेतालाई भेट गरी अपिल गर्दासमेत जिम्मेवारी बोध नगरिएको जनाएको छ । 
 
सरकारले केसीको जायज मागको सम्बन्धमा कुनै पनि ठोस कदम अगाडि नबढाउनु दुखद् भएको भन्दै सविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा उल्लेख गरे पनि कार्यान्वयन नभएको सघंले जनाएको छ । 
 
संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले डा केसीको जीनवरक्षाका लागि ठोस कदम नचालिए संघ जस्तोसुकै परिस्थितिको सामना गर्न पछि नहट्ने बताए । 
 
संघका महासचिव डा लोचन कार्कीले संघको आह्वानमा बिहीबारदेखि देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने निर्णय गरेको जानकारी दिए । 
 
उनले भने,‘यो एक दिने बन्दमार्फत् देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीको आवाज सरकारसम्म पु¥याउन र सरकारलाई संवेदशील हुन सहयोग पुग्ने छ भन्ने विश्वास लिएका छौँ ।’ 
 
यति हुँदा पनि सरकार संवेदनशील नभए संघ देशभर आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गर्ने जनाएको छ । 
 
महासचिव कार्कीले सरकारले संवेदनशिलता अपनाउँदै हालको विधेयकलाई अबिलम्ब फिर्ता लिई पुरानै अध्यादेशलाई संसदमा दर्ता गराउने कार्य गरी डा के।सी।को जीवन रक्षाका लागि सार्थक वार्ता गर्नुपर्नेमा जोड दिए ।