ह्युस्टन (अमेरिका)- गैर आवासीय नेपाली संघ ( एनआरएनए) अमेरिकाको चुनाव नजिंकिंदै गर्दा संभावित उम्मेदवारहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। आइतवार बृहत्तर ह्युस्टनको रिचमण्डस्थित पशुपति मन्दिरमा पनि त्यस्तै उम्मेदवारी घोषणाको रौनकता थियो। गत बर्ष कोरोना महामारी शुरु भए यता मन्दिरमा त्यति ठूलो जमघट भएको पहिलो पटक हो। यस अघिका चुनाव र एनआरएनए राजनीतिमा…