मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका निर्वाचन उम्मेदवारको पहिलो सूची निकाल्ने तयारीमा निर्वाचन समिति

एनआरएनए अमेरिका निर्वाचन उम्मेदवारको पहिलो सूची निकाल्ने तयारीमा निर्वाचन समिति

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिका (एनआरएनए अमेरिका) भित्र नयां नेतृत्वका लागि उम्मेदवारी दिन थप गरिएको समय पनि सकिएको छ । निर्वाचन समिति अव उम्मेदवारको पहिलो सूची निकाल्ने तयारीमा जुटेको छ । यस संगै चुनाव पनि तात्न थालेको छ ।
 
उम्मेवारी दिन मंगलवार मध्यरातसम्म अन्तिम समय तोकिएको थियो । तर, मंगलवार सांझ अमेरिकाका विभिन्न क्षेत्रमा समय फरक हुने कारण प्राविधिक त्रुटीले करिव एक घण्टा समस्या आएको थियो । यो समस्या आए लगत्तै निर्वाचन समितिले केही वेरमा यसलाई सम्वोधन गरेको थियो । तर, पनि कोही उम्मेदवार वन्न चाहने नछुटुन भन्ने उद्देश्यले वुधवार सांझ केही घण्टा उम्मेदवारी दिन मौका दिईएको थियो । त्यस वेला करिव दुई दर्जनले उम्मेदवार दर्ता गरेका थिए । 
 
अमेरिकाको एनसीसी, च्याप्टर र आईसीसी सदश्य पदमा निर्वाचन हुदैं छ । दुई सय भन्दा वढी पदमा निर्वाचन हुन लागेको छ । यसका लागि करिव ४ सय ५० जनाको उम्मेदवारी परेको छ । प्रकृया अनुसार उम्मेदवारी दिनेको मात्र सदर हुने छ । उम्मेवारको पहिलो सूची सार्वजनिक भए पछि फिर्ता लिने समय पनि छ । फिर्ता लिदां उम्मेदवार दिदां तिरेको शुल्क भने फिर्ता हुने छैन । 
 
अध्यक्ष पदका लागि पांच जनाको उम्मेदवारी परेको छ । एनआरएनए अमेरिकामा अध्यक्ष पदमा पांच जनाको उम्मेदवारी परेको यो पहिलो पटक हो । कृष्ण लामिछाने, बुद्धि सुवेदी, अर्जुन बञ्जाड,े तिलक केसी र सुर्य (साल) लम्सालको उम्मेदवारी परेको छ । 
गत निर्वाचनमा पराजित भएका लम्सालले यस पटक चुपचाप किन उम्मेदवारी दिए भन्ने प्रश्न उठेको छ । गत चुनावमा पराजित भए पछि लम्सालले अदालतमा मुद्दा हालेका थिए । अहिले उनको उम्मेदवारीको विषयमा विभिन्न टिका टिप्पणी भने भईरहेको छ । वरिष्ठ उपाध्यक्षमा तिन जनाले उम्मेदवारी दिएका छन् । 
 
एनआरएनए अमेरिकामा करिव २० हजार मतदाता छन् । मतदाताको सुची यस अघि नै सार्वजनिक भईसकेको छ । 
 
उम्मेदवारहरु विच सहमति जुटाउने प्रयास पनि भईरहेको छ । अनौपचारिक छलफल नियमित भईरहेको छ । तर, वुधवार सांझ सम्म कुनै सहमति जुटेको छैन । विशेष गरी अध्यक्ष पदमा मिलाउने प्रयास भईरहेको छ । तर, अध्यक्षमा आफुलाई छाड्नु पर्ने तव मात्र सहमति हुन सक्ने अडान राख्दै आएको सहमति हुन सकेको छैन ।