मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

चुनाव हारेपछि मुद्दा मामिलामा जाने प्रवृत्ति गलत हो

चुनाव हारेपछि मुद्दा मामिलामा जाने प्रवृत्ति गलत हो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए अमेरिका) अध्यक्ष सुनिल शाले चुनाव लड्ने तर, पराजित भएपछि मुद्दा मामिलामा जाने गलत प्रवृत्ति भएको वताएका छन् । 
 
नयां नेतृत्वका लागि चुनावी प्रकृया चलिरहेका वेला शाहले हिमालयखवर संग यस्तो प्रबृत्ति प्रति टिप्पणी गरेका हुन् । मे को अन्तिममा हुन लागेको एनआरएनए अमेरिकाको चुनावमा अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा पांच जना प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । 
 
यस अघि एनआरएनए अमेरिकालाई चार वटा मुद्दा परेका थिए । ३ वटा मुद्दा संस्थाले जितेको छ । चुनावमा हारेपछि एक जना उम्मेदवारले दिएको एउटा मुद्दाको टुंगो लाग्न बांकी छ । नवुझेर वा स्वार्थवश मुद्दा हालिएको मलाई लाग्छ शाहले भने अव यस्तो हुदैंन होला । 
 
एनआरएनए अमेरिकालाई अझ प्रभावकारी वा संस्थागत वनाउने भन्दा पनि पदको लेनदेन र चुनावमै धेरै समय खर्च भईरहेको छ कि भन्ने मेले अनुभव गरेको छु शाहले गुनासो गरे । 

किन ? 
एनआरएनए अमेरिका परिपक्क र संस्थागत हुदैं गएको पनि अध्यक्ष शाहले दावी गरे । अहिले संस्थाका प्रत्येक गतिविधि सदश्यलाई निरन्तर जानकारी दिने प्रणाली शुरु गरिएको, सदश्य विवरण छिट्टै आईसीसीले तोके अनुसार एनआईएस सिस्टममा राख्ने तयारी भईरहेको छ शाहले भने ।  
 
अध्यक्ष शाहका अनुसार अघिल्लो पटक सदश्यता लिने अन्तिम दिन तिर अनलाइनमा चाप बढेर समस्या आएको थियो तर, यस पटक आएन यो पनि एउटा सुधार हो । 
 
 एनआरएनए अमेरिका भित्र सदश्यता र चुनावका वारेमा कुनै समस्या नरहेको शाहले दावी गरे । संस्थामा नक्कली सदश्य छन् भन्ने आरोप गलत हो शाहले भने म गलत काम गरेर कानुनी झमेला किन निम्त्याउंछु । 
 
सदश्यता विवरण एमआईएस सिस्टममा राख्ने वारेमा पनि अन्तिम तयारी भईरहेको शाहले जानकारी दिए । हामी एनआईएस सिस्टममा जाने पहिले देखिनै तयार थियौ शाहले भने तर, आईसीसी भित्रकै केही समस्या, सुचना दिदां यसको सुरक्षा सम्वन्धि अमेरिकाको कानुनी व्यवस्था लगायतले केही समय लागेको हो तर, अव मैरै कार्यकालमा यो टुगिंन्छ । 
 
हामीनै एमआईएस सिस्टममा जान तयार छौ सदश्यताको विवरण आईसीसीका जिम्मेवार पदाधिकारीलाई शेयर गरेका छौं भने विवाद कहां रह्यो त ? शाहले भने । आईसीसीले उठाएको निशुल्क सदश्यता सम्वन्धि मुद्दाको पनि हामीले विरोध गरेका थिएनौं छैनौ शाहले भने । 
 
एनसीसी आईसीसीका मुख्य आधार हुन र एक आपसमा निर्भर पनि छन शाहले भने मेरो आईसीसीका पदाधिकारीसंग निरन्तर संवाद हुने गर्छ । ८० देशमा रहेका एनसीसी मध्ये सवैभन्दा ठुलो अमेरिका हो । एनसीसी र आईसीसी विच सहकार्य, आपसी सहयोग अझ प्रभावकारी भएको भए हामीले अमेरिकामा समुदायको हितका लागि धेरै काम गर्न सक्थ्यौ । त्यसमा केही गुनासो म संग छन् शाहले भने । 
 
कोभिड १९ को महामारीको समयमा सहयोग संकलनको विषयमा आईसीसी र एनसीसी विच मत वाझिएको थियो । 
 
एक पटकको नेपाली सधैको नेपालीको होस भन्ने अमेरिका वस्ने नेपाली समुदायको मुख्य मुद्दा हो। तर, आईसीसीले यो मुद्दालाई दिनु सख्नु पर्ने प्रथामितामा दिन सकेको छैन ।  आईसीसीले नेपाली नागरिकताको निरन्तरता सम्वन्धि मुद्दालाई अझ प्रभावकारी रुपमा उठाउनु पर्छ जस्तो मलाई पनि लाग्छ शाहले भने । 
 
मेरो एजेण्डामा एनआरएनएको अफिस खोल्ने पनि उल्लेख थियो । यो कार्यकालसम्म यसमा पनि म केही प्रकृया भने अवश्य अघि बढाउंछु शाहले भने यसका लागि केही आधार वन्छन् । आफ्नो कार्यकालमा एनआरएनएको कोष पनि वढ्ने शाहले जानकारी दिए । संस्थाको कोष शाहको कार्यकालमा करिव एक मिलियन डलर पुग्ने अनुमान छ ।