जनसम्पर्क अमेरिकाबाट बाढीप्रभावितका लागि एक करोड बढी राहत सङ्कलन

अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी भीषण बाढीका कारण प्रभावित परिवारहरूको सहयोगार्थ एक करोड ५ लाख ३३ हजार ९४४ रुपैयाँ राहत रकम सङ्कलन गरेको छ । समितिका सभापति मुनिन्द्र नेम्बाङले सामाजिक सञ्जालमार्फत् राहत रकमसम्बन्धी जानकारी दिँदै नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशानुसार सञ्चालन गरिएको उक्त अभियानमा विभिन्न राज्यका च्याप्टर समितिहरू सक्रियरूपमा…