मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

सुवेदी समुहद्वारा ड्यालसमा अन्तरकृया (भिडियो सहित)

सुवेदी समुहद्वारा ड्यालसमा अन्तरकृया (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनको प्रचार प्रसारको लागि अध्यक्ष पदका उम्मेदवार बुद्धिसागर सुवेदी समुहले शनिबार ड्यालसमा अन्तरकृया आयोजना गरेको छ ।अर्भिङस्थित करि लिफ रेस्टुरेन्टमा आयोजना गरिएको उम्मेदवार परिचय तथा अन्तरकृया कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार सुवेदीले आफु एनआरएनमा लिनका लागि नभै आफ्नो शीप, बुद्धि दिनका लागि जान लागेको उल्लेख गरे । 

‘मातृभूमि जाँदा टुरिष्ट भिसा लिनुपर्ने दुःखदायी अवस्थालाई अन्त्य गर्न बेलायत, क्यानडा र अष्ट्रेलिया लगायत देशका एनआरएनएका राष्ट्रिय समितिसँग मिलेर अघि बढ्नेछु’ सुवेदीले भने । त्यसका लागि आफु  एक महिना मातृभूमि नेपाल गएर लबिङ गर्न पनि तयार रहेको बताए ।

सुवेदीले आफु संस्थामा विजयी भएपनि वा पराजित भएपनि हानी गर्ने काम कुनै हालतमा नगर्ने र टेनिसी कोर्टमा नजाने घोषणा गरेका थिए ।
 
सोही कार्यक्रममा एनआरएनका उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक राम सी पोखरेलले शूभकामना व्यक्त गर्दै एकजुट भएर गैर आवासीयहरु अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा उपाध्यक्षका उम्मेदवार तथा नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष सुमन थापाले आफुले सिकेका शीपलाई टेक्ससमा मात्र नभएर अमेरिकाभरि सेवा गर्ने चाहनाले उम्मेदवारी दिएको बताए । 
कार्यक्रममा सुवेदी टिमका उम्मेदवारहरुले आफ्नो परिचय सहित एजेण्डा प्रस्तुत गरेका थिए । सो अवसरमा क्षेत्रीय महिला उपसंयोजक (अमेरिका क्षेत्र) उमा कार्की, एएनएका अध्यक्ष विजयराज भट्टराई, जनसम्पर्क समितिका भरत अर्याल, रोशन ढुङ्गाना, भक्त भण्डारी लगायतले सुवेदी टिमको सफलताको लागि शूभकामना व्यक्त गरेका थिए । 
 
सुवेदी टिमले आइतबार ह्युस्टनमा परिचयात्मक कार्यक्रम राख्ने भएको छ । शुक्रबार अस्टिन र वेकोमा कार्यक्रम गरेको थियो ।