मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनए अमेरिका अध्यक्षमा लम्सालको उम्मेदवारी रद्ध

एनआरएनए अमेरिका अध्यक्षमा लम्सालको उम्मेदवारी रद्ध


शेयर गर्नुहोस:

6.7k
Shares

  • change font
  • change font
  • change font

अमेरिकागैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका सूर्य साल लम्सालको उम्मेदवारी रद्ध भएको छ । 
 
शनिवार अपरान्ह निर्वाचन समितिले अध्यक्षहरुको सूचि प्रकाशित गर्दा लम्सालको नाम उम्मेदवारहरुको नामबाट हटाएको छ । 
अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका थिए । टेक्ससका कृष्ण लामिछाने र अर्जुन बन्जाडे विन्सकन्सिनका बुद्धि सुवेदी र तिलक केसी र न्यूयोर्कका लम्सालको उम्मेदवारी परेको थियो ।
 
‘निर्वाचन समितिमा उहाँको उम्मेदवारीको विषयमा उजुरी परेको थियो’ प्रमुख निर्वाचन आयुक्त विश्व बरालले भने । कानुनी सल्लाहकारहरुसँग व्यापक छलफल हुँदा विधान विपरित जान नमिल्ने भएकोले उहाँको उम्मेदवारी रद्ध गर्नुपरेको समेत बरालले भने । 

 
‘संस्थालाई संस्थागत गर्ने क्रममा उहाँसँग प्रतिकृया मागेका थियौँ । तर चित्तबुझ्दो जवाफ आएन । त्यसोहुँदा विधान अनुसार रद्ध गर्न समिति वाध्य भएको हो’ बरालले स्पष्ट पारे । 
 
विधानमा संस्था विरुद्ध मुद्दा मामिलामा जाने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान छ । सोही दफालाई आधार मानेर लम्सालको उम्मेदवारी रद्ध भएको हो । 
 
आफ्नो उम्मेदवारी रद्ध गरिएको भन्ने जानकारी आफूलाई अहिलेसम्म प्राप्त नभएको अध्यक्षमा उम्मेदवारी दिएका लम्सालले बताए । ‘मैले पनि तपाईहरुबाट यो खबर पाएँ । कानुनको भूमिमा बसेर उम्मेदवारीबाट बंचित गर्ने कार्य विरुद्ध म कानुनविद्हरुसँग सल्लाह गरेर अघि बढ्छु’ लम्सालले भने ।

Advertisement
 
आफ्नो थप कदमबाट एनआरएनए अमेरिकाको चुनाव रोकिनेमा उनी विश्वस्त छन् । एनआरएनए अमेरिकाको विर्वाचनको क्रममा विभिन्न पदमा चारसय भन्दा बढी उम्मेदवार छन् । 
 
उम्मेदवारी फिर्ता गर्न चाहनेले आउँदो सोमबारसम्म भित्र फिर्ताको लागि आवेदन दिन  सक्नेछन् ।

शेयर गर्नुहोस:

6.7k
Shares