यो हफ्तैभरी फेसबुक र अनलाइन अखबारहरु प्रवाशी मन्चको समाचारले रङ्गीन देखिए । फेसबुकका भित्ताहरु बधाई , शुभकामना र सेल्फी तस्वीरहरुले भरिएका थिए । जित्नेहरु खादा र रातो टीकामा गमक्क फुलेका , हार्नेहरु अमिलो मन बोकेर सत्तो सराप गरेको दॢश्य त्यहाँ छताछुल्ल भएको धेरैले अनुभव गरेको हुनुपर्छ । हिजोसम्म आफू नेपालका कुनै दलसँग साइनो नभएको बताउँदै…