नेपालमा संघीय संरचनाअनुसारको पहिलो चुनाव सम्पन्न भएर मतपरिणाम आउने क्रम जारी छ। मुलुक संघियतामा गएपछिको पहिलो चुनावमा संघीयता पक्षधरहरूले जित्नुपर्थ्यो, जिते । चुनावमा वामपन्थी गठबन्धनले बाजी मार्यो, दक्षिणपन्थी गठबन्धन नराम्ररी चिप्लियो । यतिबेला, चुनावको परिणामलार्इ लिएर अनेकखाले टीका टिप्पणी र विश्लेषणहरू सार्वजनिक भैरहेका छन्। जित्नहेरूले जीतको कोणबाट र हार्नेहरूले हारको कोणबाट आआफ्ना धारणाहरू सार्वजनिक गरेका…