मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

‘डेट एक्सपायर’ नेता र विवेकशील–साझाले जन्माएको आशा

‘डेट एक्सपायर’ नेता र विवेकशील–साझाले जन्माएको आशा


गत साता कामबाट फर्केर नेपालतिरको खबर हेरौ भनि कान्तिपुर खोलेको त हेड लाइनमै देउबाको कर्तुत (६४ सदस्यीय मन्त्रिमण्डल) पढ्न पाइयो । अचम्मै त भइन, 'डेट एक्सपायर' प्रधानमन्त्री हामी नेपाली जनताको भाग्यमा पारि दिएकोमा आफ्ना इष्टदेवलाई धन्यवाद चाहिँ मज्जैले टक्र्याएँ ।



प्रसङ्ग बदलौ, यी डेट एक्सपायर प्रधानमन्त्रीको डेट एक्सपायर प्रवृत्ति प्रबुद्ध पाठक समक्ष बयान गर्नुपर्ने कारण छैन, यो सबै सामु छर्लंगै छ । आज देश पछाडी परेको एउटा प्रमुख कारण, 'डेट एक्सपायर नेताहरुको पदिय लोभ'  मा केन्द्रित गर्न चाहन्छु । सहि या गलत यहाँहरुको अमुल्य बिचारले जानकारी पाउनेमा आशाबादी छु । 



बाराक ओबामा ५० नपुग्दै अमेरिका जस्तो शक्तिशाली देशको रास्ट्रपति भई सकेका थिए र पदावधि सकिएको भोलिपल्टै आफ्नो पुरानो पेशामा फर्केको हामी धेरैलाई थाहा छ। अहिले अमेरिकाले पनि त्यस्तै 'डेट एक्सपायर' रास्ट्रपति पाएको छ . त्यसको परिणाम हामी सबैले देखिनै रहेका छौ। क्यानाडामा अहिलेका प्रधानमन्त्री जस्टिन त्रुदो ४५ बर्ष नपुग्दै प्रधानमन्त्री भै सकेका थिए । यस अघिका स्टेफन हार्पर पनि ५० नपुग्दै देशको सर्वोच्च कार्यकारी पदमा आसिन थिए र पदावधि सकिने बित्तिकै पुरानो कानुनी परामर्शको काममा फर्किए।





त्यस्तै अहिले क्यानाडाको प्रमुख प्रतिपक्षी दल कन्जरभेटिव पार्टीका संसदीय दलका नेतापनि झण्डै ३५ बर्षे युवा आन्द्रे शिर छन्। आन्द्रे शिरको बारेमा एउटा मनन योग्य प्रसंग यहाँ उल्लेख गर्न चाहन्छु।





 कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता चुनिनु थियो। पार्टी भित्र कसलाई दलको नेता बनाउने भन्ने बहस जोडतोडका साथ चलिरहेको थियो जुन स्वाभाविक प्रक्रिया हो। बिभिन्न चरण पार हुँदै र छाँट्टिदै अन्त्यमा दुइ प्रतिस्पर्धी बाँकी रहे । एक ५८ बर्षीय बलिया र अनुभवी प्रतिस्पर्धी र अर्का तुलनात्मक रुपमा पार्टी भित्र कमजोर र अनुभवहिन ३५/३६ बर्षीय ठिटो प्रतिस्पर्धी। उपरोक्त निर्वाचन नजिकबाट नियाल्ने मौका पाएको यस लेखकलाइ अचम्म त त्यस बेला लाग्यो जब ५८ बर्षे बलिया र अनुभवि प्रतिस्पर्धीलाई उछिन्दै ति ३६ बर्षे नव युवक क्यानडाको केन्द्रिय संसद्को विपक्षी दलका संसदीय नेता चुनिए।
 
उक्त चुनावमा भाग लिएका विभिन्न सहभागीहरुसँग; 'तिमीहरुले यो के गरेको ? यस्तो पाको र अनुभवी व्यक्तिलाई संसदीय दलको नेता बनाउन छाडी किन आलोकाचो ठिटोलाइ आफ्नो नेता चुनेको भनी प्रश्न गर्दा, 'आगामी संसदीय चुनावमा अहिलेका ठिटा प्रधानमन्त्रीलाइ चुनौती दिन हामीले पनि युवा नै दिन सकेनौ र जनताको युवा प्रधानमन्त्री होस् भन्ने चाहना बुझेनौ भने न त देशको भलो हुन्छ न नै पार्टीको' भनि जवाफ दिए। यसबाट के प्रमाणित हुन्छ भने, जनता र कार्यकर्ता आफै सचेत भएमा मात्र सम्पूर्ण देशको हित हुन्छ। अस्ट्रियामा ३१ बर्षको केटो रास्ट्रपति भएको समाचार भर्खर बिश्वले थाहा पाएकै हो।



हरेक कुराको एउटा निश्चित समय र सिमा हुन्छ । सो कुरा बेलैमा बुझेर आफै हटे ठिक, होईन भने सचेत जनता र कार्यकर्ताले विकसित देशहरूमा त्यस्ता डेट एक्सपायरहरुलाई घोक्रेठ्याक लगाई दिन्छन । हामी कहाँ यस्तो सचेत जनता र कार्यकर्ता खोइ ?  एउटा जनता भनाउदो अबुझ भिड छ जुन सक्षम र असक्षम छुट्ट्याउन सक्दैन । असल ब्यक्ति भन्दा आफुले मानी आएको असक्षम दलको नै पुकारा गरीरहेको हुन्छ।
 
म यहाँ ती गरिब र दुइ छाक खान पनि धौधौ पर्ने निमुखा जनताको कुरा गरिरहेको छैन । ती त दुइ छाक पेट भर्न पाइन्छ कि भन्ने आसमा यी डेट एक्सपायर नेताहरुको पछि दौडिरहेका छन।
 
मैले इङ्गीत गर्न खोजेको जनता भनेको त्यो जनता जो आफुलाई पढ्या लेख्या र सबै जान्या बुझ्या भन्न मन पराउछन्र । तर दीर्घकालीन सोच र कार्यान्वयनको कमि भएकोलाई हो।  कार्यकर्ताको त झन कुरै नगरौं, अन्धभक्त ! साउनको के जाति जस्ता । अनि देशले कसरी बिकाश गर्ने, कसरी फडको मार्ने ? दिपक मनाङ्गे आउँदा एकथरी प्रसन्न हुन्छन, ६४ सदस्यीय मन्त्री मण्डल हुँदा अर्काथरि। दुबैथरी स्वार्थ र अचेतनाको अनुपम मिश्रणको रुपमा रहेकाछन। के देश यसरीनै बन्छ ? कठिन छ जवाफ।



एक पटक आफैलाई प्रश्न गरौ । के देशलाई अझैपनि यी डेट एक्सपायर माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, शेर बहादुर देउवा, पुष्प कमल दहाल अनि केपी ओलि जस्ता नेताहरु चाहिएको छ त ? एक पटक सर्वोच्च पदमा पुगिसकेका यिनिहरुको पदिय लालसाको मुल्य हामीले कहिलेसम्म चुकाउनु पर्ने ?
 
मेरो पुस्ता त यिनले देश बनाउलान् कि भन्ने आसैआसमा बिदेशमा भासिएरै गयो । अब आउने पुष्ताको जीवन पनि यसैगरी बर्बादै पार्ने ? (ज्ञातव्य रहोस बिगत २५/२६ बर्षको अवधिमा ३०औ लाख युवा बिदेशिन बाध्यछन)। 
 
२०४६ साल देखि यिनैको एकछत्र राज्य छ।  युवा, जसले प्रजातान्त्रिक आन्दोलनमा साथ दिए, सारा उर्जा बिदेशी भुमिमा खेर फाल्न विवश छन। हरेक घरमा बृद्ध आमाबाबुको आखामा छोराछोरी फर्कन्छन कि भन्ने आशा लुकेको छ। खाडी मुलुक देखि विकसित मुलुक सम्ममा बस्ने प्रत्येक नेपाली, स्वदेश फर्कने र आफ्नै देशमा कमाई खाने बाताबरणको पर्खाइमा छन तर यी डेट एक्सपायर बुढाहरुको अकर्मन्यताले हरेकको आशामा बज्र खसेको छ । पिल्सेर बस्नु परेको छ। सर्पले मणिमा कुण्डलि मारी बस्या झै बस्याछन बस्याछन। न देश र जनताको लागी केहि गर्छन न नै छाडछन। देश ट्र्याकमा ल्याउन ५ बर्ष लाग्ला, १० बर्ष लाग्ला तर हामी कहाँ यी डेट एक्सपायरहरुले पुस्ताैँ दिएर अझैसम्म अन्योलै कायम छ। 



आउनुहोस अब हामी पनि केहि फरक ढंगले प्रस्तुत हौ र पुरानो नेतृत्वका बारेमा गहिरिएर साेचाैँ । सधै यिनका लागि  दुहुनो गाई बनि आफ्नो बाकीको जीवनपनि उत्सर्ग नगरौ ?  हामी जनता आफै चेन्ज हौ ? यी डेट एक्सपायर नेताहरुको लोभको परकाष्ठामा कतिन्जेल आफ्नो भविस्यको आहुती दिने? सोचौ, एकपटक त गहिरिएर सोचौ। त्यस परिवर्तनमुखी सोचाइमा हाम्रो बालबच्चाको सुन्दर सपनाहरु लुकेका छन। मनन गरौ भित्रै देखि ।





यो त सर्वोच्च पदमा पुगी सकेकाको कुरो भो ।अझ अरुपनि थुप्रैथुप्रै यस्ता डेट एक्सपायर नेताहरु यत्रतत्र सर्वत्र छन, हामी जनताको भविष्यसँग खेलवाड गर्ने। लखेटौ, आ-आफ्नो ठाउँबाट र जताततैबाट लखेटौ अनि बल्ल कि त सुध्रिन्छन नभए दुलो पस्छन। 





विकल्प के त ?



अहिले देशको अवस्था अलि भिन्न छ। अलिकति भएपनि देशको राजनीति स्थिरता तर्फ उन्मुख छ। स्थानिय चुनाव सम्पन्न भएर प्रादेशिक र केन्द्रिय चुनाव नजिकिदैको अवस्था छ।
 
हो यहि अवस्थालाई सु-अवसर मानेर यी डेट एक्सपायर नेताहरुलाइ फाल्नुपर्ने  कामको श्री गणेश गर्नुपर्ने देखिन्छ। डेट एक्सपायर नेताहरुको अत्याचारले परकाष्ठा नाघेको अहिलेको अवस्थामा मुट्ठीभर सहि, बिवेकशिल साझाका युवाहरूले आफ्नै जीवन कालमा देशकोलागी केही गर्छौ भनि कम्मर कसेका छन।
 
उर्जावान, क्षमतावान र दाग बिहिन यस्ता युवाहरूलाई हामीले एक पटक त बिश्वास गर्नैपर्छ। लामो समय पत्रकारिता र परोपकारी कार्यमा संलग्न रबिन्द्र मिश्र जस्ता व्यक्ति र अविछिन्न रुपले देशका युवा जमातलाई सुकिलो राजनीतिमा आउन उत्प्रेरित गरिरहनु भएका उज्ज्वल थापा जस्ताको साथ हामीले अहिले नदिए कहिले दिने ? देशले एउटा बैकल्पिक शक्ति मागी रहेकोे छ ।आउनुहोस यस्ता युवा शक्तिलाई होस्टेमा हैसे गरौ र समुन्नत देशको रेखा आफ्नै जीवनकालमा आफ्नै हातले कोराैँ ।
(लेखक न्याैपानै क्यानडाको टोरन्टोमा बस्छन् ।)