टेक्ससको ड्यालस फोर्टवर्थमा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो शिवरात्रीको महाेत्सव सुरु भएको छ । शिवरात्री पर्वको मुख्य दिन बुधबार भएपनि पशुपतिनाथ मन्दिरमा आइतबारबाटै चहलपहल र शिवरात्री महोत्सव थालनी भएको मन्दिर कार्यसमितिकी अध्यक्ष सीता सापकोटा बस्नेतले जानकारी दिइन् । महादेवको पूजा अर्चना सहितको कार्यक्रम हरेक साँझ आयोजना हुनेगरि मन्दिरले महोत्सव राखेको छ । बुधबार साँझ भने शिवरात्री…