मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार

ड्यालसमा अगष्ट २६ मा तीज

ड्यालसमा अगष्ट २६ मा तीज


ड्यालस (अमेरिका) । यस वर्षको तीज कार्यक्रम अमेरिकाको ड्यालसमा आउँदो अगष्ट २६ तारिक मंगलबार मनाइने भएको छ ।

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको शनिबार बसेको बैठकले नेपाली हिन्दु पर्वहरु नेपाली पात्रो अनुसारनै मनाउने निर्णय गरे बमोजिम २६ तारिक मंगलबार मनाइने भएको हो । यस अघिका वर्षहरुमा तीजको पूजा नेपालमा भन्दा पनि अघिल्लै दिन पर्ने गरेको थियो ।

Advertisement

यसवर्ष पनि दुई दिन तीज मनाउने तयारी थियो । तर शनिबारको बैठकले दुई दिनको नीति खारेज गरेर अब नेपाली पात्रो अनुसार एकै दिन गर्ने निर्णय गरेपछि २६ तारिक मनाइने भएको हो ।

‘कसैलाई अघिल्लो दिनै मनाउन मन छ भने मन्दिरले सेवा उपलव्ध गराउँछ । तर औपचारिक रुपमा तीजको पूजा भने २६ तारिक मंगलबार मात्र हुनेछ’ मन्दिरका एक पदाधिकारीले बैठकपछि भने ।

यो निर्णयको अर्थ पर्वका क्रममा देखिएको भाँडभैलो अन्त्य गर्ने र चाडपर्व एकै दिन मनाउने भन्ने हो । बहुसंख्यकले नेपालीपात्रोलाई अवलम्वन गरेर पर्व मनाउन सुझाव दिएपछि केन्द्रको शनिबारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

मन्दिरले तीजको विशेष कार्यक्रम भने आइतबार दिउँसोका लागि राखेको छ ।

शेयर गर्नुहोस:

1.9k
Shares