ड्यालसमा सामुहिक तीजको दर कार्यक्रम

ड्यालस (अमेरिका) । तीज आउन एक साता बाँकी भएपनि अमेरिकाको ड्यालसमा रहेका नेपाली महिलाहरुले सामुहिक दर र नाचगान गरेर मनाएका छन् । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा भएको दरखाने कार्यक्रममा यस क्षेत्रका हजारौं महिलाहरुको उत्साहजनक सहभागिता थियो । आइतबार बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम अपरान्हसम्म उत्तिकै उल्लासमय रुपमा महिलाहरुले मनाएका थिए । कार्यक्रममा…