मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
टेक्सस   
बिश्व घटना   

डेढ वर्षपछिको चुनावमा अहिल्यैदेखि प्रतिस्पर्धा

डेढ वर्षपछिको चुनावमा अहिल्यैदेखि प्रतिस्पर्धा

टेक्सस र क्यालिफोर्नियाको निर्वाचन नक्सा फेरबदलको द्वन्द्व


ड्यालस (अमेरिका) । अमेरिका भित्रको दुई ठूला राज्य टेक्सस र क्यालिफोर्नियाले नयाँ संसदीय निर्वाचन नक्सा पारित गरेका छन्। यी नक्साहरूले आगामी २०२६ को मध्यावधि चुनावमा प्रतिनिधिसभाको शक्ति सन्तुलनमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

रिपब्लिकन वाहुल्य टेक्ससले राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहना अनुसार डेमोक्रेटिक पार्टी जितिरहेको क्षेत्रलाइ प्रभाव पार्नेगरि निर्वाचन क्षेत्र हेरफेर गर्ने कानुन शुक्रबार राति राज्यको संसदबाट पारित गरेको छ ।

टेक्ससबाट अमेरिकी तल्लो सदन हाउसमा डेमोक्रेटिक पार्टीले १३ सिट जितेको छ । २५ सिट रिपब्लिकनले जितेका छन् । तर शुक्रबार पारित नक्साले डेमोक्रेटिकले कन्फर्म जित्ने १३ सिटलाइ घटाएर ८ मा झारिएको छ । यसले सन् २०२६ को मध्यावधि निर्वाचन प्रभावित पार्न खोजिएको स्वतन्त्र विज्ञहरूले समेत ठहर गरेका छन् ।

पाँच डेमोक्रेट-नियन्त्रित क्षेत्रहरूलाई रिपब्लिकन पक्षमा झुकाउने योजना यो कानुनले बनाएको छ। यसले ह्युस्टन, लारेडो, म्याकलेन, फार्मर्स ब्रान्च, र अस्टिनका प्रतिनिधिहरूलाई प्रत्यक्ष असर पार्नेछ।

रिपब्लिकन नेताहरूले यसलाई कानुनी र रणनीतिक कदम भनेका छन्, तर डेमोक्रेट तथा नागरिक अधिकार समूहहरूले यसलाई जातीय विभाजन र लोकतन्त्रको अपमान भन्दै विरोध जनाएका छन्। संसद भवनमा नाराबाजी र प्रदर्शनहरू पनि भएका थिए । तर रिपब्लिकन वाहुल्य टेक्ससको तल्लो र माथिल्लो दुबै सदनले यसलाइ पारित गरेर कानुनी रूप दिएको छ ।

टेक्ससको कदमको प्रतिउत्तर स्वरूप, क्यालिफोर्नियाले पनि नयाँ निर्वाचन नक्सा पारित गर्‍यो। यसले पाँच रिपब्लिकन-नियन्त्रित क्षेत्रहरूलाई डेमोक्रेट पक्षमा झुकाउने योजना बनाएको छ। गभर्नर ग्याविन न्युसमले यसलाई लोकतन्त्रको रक्षाका लागि आवश्यक कदम भन्दै हस्ताक्षर गरेका छन्।

गभर्नरको यो प्रस्तावलाइ नोभेम्बर ४ मा चुनाव मार्फत जनअनुमोदन लिइनेछ । टेक्ससमा जस्तो निर्वाचन क्षेत्र हेरफेर गर्न क्यालिफोर्नियामा सहज छैन । चुनाव मार्फत गर्नुपर्ने भएकोले नोभेम्बर ४ को चुनावमा यसलाइ अनुमोदन गराउने योजना गभर्नर लगायत डेमोक्रेट नेताहरूको रहेको छ ।

क्यालिफोर्नियाबाट अमेरिकी तल्लो सदनमा ५२ जना कंग्रेसम्यानहरू चुनिन्छन् । ५२ मध्य अहिले ९ जना रिपब्लिकन छन् । तर प्रस्तावित नक्सा पारित भएपछि चार सिटमात्र जित्नेछन् । क्यालिफोर्नियाले टेक्ससको कानुनबाट हुने पाँच सिटको क्षतिपूर्ति नयाँ निर्वाचन क्षेत्रको नक्साबाट गर्ने नीति लिएको छ ।

राजनीति विज्ञहरू भन्छन् — यस्तो ग्यारीम्यान्डरिङ्गले जनताको विश्वास कमजोर बनाउँछ, र चुनावहरू पूर्वनिर्धारित जस्तो महसुस हुन थाल्छ। यसले दुवै राज्यमा कानुनी चुनौतीहरू आउन सक्ने, प्रतिनिधिसभाको सन्तुलन यी नक्साले भताभुङ्ग पार्नसक्ने बताइरहेका छन् ।

अमेरिकामा गेरीम्याणडरिङ्गको दुरूपयोग बढ्दै गएपछि यसलाइ नियन्त्रण गर्न सर्वोच्च अदालतले नयाँ परिभाषा दिनसक्ने समेत विज्ञहरूको अनुमान छ ।

अमेरिकी तल्लो सदन हाउसका ४३५ सिट मध्य अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको २१९ सिटमात्र छ । यो निकै पातलो बहुमत हो । डेमोक्रेटिक पार्टीको सिट २१२ छ ।

डेमोक्रेटिक पार्टीका तीन सांसदहरूको निधन भएकोले ती सिटहरू खाली छ भने रिपब्लिकनको एक सिट खाली छ । ती चार सिटमा चुनाव हुँदा रिपब्लिकनको सिट २२० पुग्छ भने डेमोक्रेटिकको २१५ पुग्छ ।

राष्ट्रपति ट्रम्पले सन् २२६ को चुनावमा अहिले भन्दा पनि बढी सिट रिपब्लिकनले जितोस् र ‘चेक एण्ड व्यालेन्स’ बेगर चाहे जस्तो गर्न पाइयोस् भन्ने चाहना राखेका छन् । त्यही भएर जनगणना पछिको चुनावमा मात्र हुने गरेको निर्वाचन क्षेत्र हेरफेरलाइ दशकको बीचमा गरेर टेक्ससबाट रिपब्लिकनको क्षेत्र बढाउने नीति लिएका हुन् । जुन नीतिलाइ ट्रम्पभक्तहरूको वाहुल्यता रहेको टेक्ससको संसदले बहुमतले पारित गरेर कानुनी रूप दिएको छ ।

तर राष्ट्रपतिको कार्यकालको मध्यमा हुने मिडटर्म चुनावमा सामान्यतया राष्ट्रपति अलोकप्रिय हुने र संसदमा सिट कम अउने अमेरिकी चुनावको विगतको ट्रेण्ड छ ।

शेयर गर्नुहोस:

2.1k
Shares