ड्यालस (अमेरिका) । टेक्ससको ड्यालसमा नेपाली स्वास्थकर्मीद्वारा सञ्चालित हिमालय हेल्थ क्लिनिकले आउँदो महिनाको पहिलो साता हुने शिवीरमा कार्डियोलोजी सेवा प्रदान गर्ने भएको छ ।
कार्डियोलोजी सेवाका लागि नेपाली समुदाय भन्दा बाहिरका चिकित्सक रामाराओ लंकीपाली आउनुहुने जनाइएको छ । नियमित सेवाका अतिरिक्त सो दिन कार्डियोलोजी सेवा दिन लागिएको हिमालय हेल्थ क्लिनिकका निर्देशक राज श्रेष्ठले जानकारी दिए ।
सेप्टेम्बर ७ तारिकको सेवाका निम्ति सोमबार बाट (अगष्ट १ तारिक) दर्ता सुरु हुने जनाइएको छ । आइतबार क्लिनिकले डेन्टल, मेडिकल, प्mलु शट लगायतका सेवा प्रदान गरेको छ ।
हिमालय हेल्थ क्लिनिकका सबै सेवा निशुल्क रहेको र रगत जाँचका लागि भने सहुलियत दरमा क्वेष्ट डायग्नोसिसबाट सेवा दिने सम्झौता भएको छ ।












प्रतिक्रिया