ड्यालस (अमेरिका) । पुराणवाचक महिलाका रुपमा पछिल्लो समयमा ख्याति आर्जन गरिरहेकी राधिका दासीको उपस्थितिमा आइतबार टेक्ससको ड्यालसमा सञ्चालित सत्सङ्गमा उल्लेख्य रुपमा भक्तजनहरुको सहभागिता रह्यो । आइतबार बिहान १०ः०० बजे सुरू भएर साँझ ५ः०० बजे समापन भएको एक दिवसीय सत्सङ्गमा विशेषरूपमा महिलाहरु एकाग्र भएर कथा श्रवण गरेका थिए । उनले नेपालभन्दा बाहिर रहेर पनि हिन्दु धर्म…