अमेरिका- एप्पल फोन नयां सेटको मूल्य वढेको छ । एप्पलले बुधवार आफ्ना उत्पादनका नयां मोडलहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा फोन सेटको नयां मूल्य बढाएर सार्वजनिक गरेको हो । नयां मूल्य अनुसार आईफोन १८ प्रो म्याक्सको मूल्य १२९९ अमेरिकी डलरवाट शुरु हुने छ । यो पहिलेको भन्दा एक सय डलर वढी हो ।
यस्तै आईफोन १८ को मूल्य पनि एक सय डलरले वढेको छ ।
तर, एप्पल वाचको मूल्य भने बृद्धि गरिएको छैन । स्वास्थ्य सम्वन्धि केही फिचरहरु थप गरेर नयां मोडलका एप्पल वाचहरु एप्पलले सार्वजनिक गरेको छ ।
आईफोन १८ सिजिर र नयां मोडलका वाचहरु अर्को साता देखि बजारमा आउने छन् ।
एप्पलले यस पटक नयां फोल्ड गर्न मिल्ने फोन सेट पनि सार्वजनिक गरेको छ । एप्पल डियू नाममा फोल्ड गर्न मिल्ने सेट सार्वजनिक गरिएको हो । यसको मूल्य भने निकै महंगो १९९९ अमेरिकी डलर वाट शुरु हुने छ । यो फोल्ड एप्पल सेट अर्को महिना देखी बजारमा उपल्व्ध हुने छ ।
एप्पलमात्र होइन यसको प्रतिस्पर्धी सामसुगंले पनि केही दिन अघि आफ्ना सेटको मूल्य वढाएको थियो । यसले गर्दा अव स्मार्ट फोन किन्दा थप पैसाको जोहो गर्नु पर्ने भएको छ ।












प्रतिक्रिया