न्युयोर्क

वीपी स्मृृति दिवसमा न्युयोर्कमा रक्तदान

वीपी स्मृृति दिवसमा न्युयोर्कमा रक्तदान

जनसम्पर्क समिति न्युयोर्कले जुटायो ५३ प्रिन्ट रगत


न्युयोर्क- नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १३३ औं विपी जयन्तीको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रगत दान गरेका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका नवनिर्वाचित सभापति मुनेन्द्र नेम्वाङ प्रमुख अतिथि रहेको रक्तदान कार्यक्रम न्युयोर्कको ज्याक्सन हाइट्समा भएको थियो ।

Advertisement

रक्तदान कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको साथ र सहयोग रहेको थियो । न्युयोर्क ब्लड सेन्टरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा रक्तदाताहरुलाई जनसम्पर्क समिति अमेरिकाका सभापति मुनिन्द्र नेम्वाङ, न्युयोर्क च्याप्टरका सभापति दिनेश भण्डारी लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रम सफल बनाउन जनसम्पर्क समितिका स्वयं सेवकहरु ख्टिएका थिए । रक्तदान कार्यक्रम सम्पन्न गरी पुण्य कार्य गरेकोमा जनसम्पर्क समिति अमेरिकाका सभापति मुनिन्द्र नेम्वाङले आयोजक तथा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन।

सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेम्वाङले कृतज्ञता जनाएका हुन । कार्यक्रम सफल बनाउन खटिने जनसम्पर्क समितिका सदस्य, नेपाली संघ संस्थाका अगुवा तथा साथ र सहयोग गर्ने सबैप्रति नेपाली जनसम्पर्क समिति न्युयोर्कका समापति दिनेश भण्डारीले आभार व्यक्त गरेका छन ।

नेपालीहरको बाक्लो उपश्थिती रहेको न्युयोर्कमा रहेक हप्ता जसो नेपाली संघसंस्थाहरुले गर्ने रक्तदान कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य सहभागिता रहने गरेको छ । रगत अभावलाई कम गर्न नेपाली समुदायलले गरेको यस पुण्य कार्यको न्युयोर्कका राजनतिक दल तथा अन्य मुलुकका नागरिकहरुलेपनि प्रशंसा र सम्मान गर्दै आएका छन ।