मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

डा. रुइत ड्यालसमा

डा. रुइत ड्यालसमा


शेयर गर्नुहोस:

864
Shares

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । नेपालका ख्यातीप्राप्त नेत्र चिकित्सक डा. सन्दुक रुइत ड्यालस आइपुगेका छन् ।

नेपाली समुदाय आफ्नो जीवन र तीलगङ्गा अस्पतालको कथा सुनाउन उनी शुक्रबार टेक्सस आइपुगेका हुन् । डा. रुइतलाई नेपाली समाज टेक्ससका महासचिव विजय भुसाल सहितको टीमले ड्यालस फोर्टवर्थ विमानस्थलमा स्वागत गरेको छ ।

आँखाको ज्याति गुमाएका हजारौंलाई दृष्टि दिइसकेका डा. रुइत संसारभरिनै चर्चित छन् । उनको नेपालमा मात्र नभएर संसारका धेरै देशहरुमा पुगेर बिरामीहरुलाई आँखाको ज्योति दिइसकेका छन् ।
आफ्नो विगत र नेपाललाई आँखा उपचारको गन्तव्य बनाउने अभियान अन्तरगत अमेरिकामा रहेका नेपालीहरुसँग अन्तरकृया गर्न डा. रुइत यतिखेर अमेरिकामा आएका हुन् । शनिबार साँझ ५ बजे ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको आर्लिङ्गटन सिटी स्थित युनिभर्सिटी अफ टेक्सस आर्लिङ्गटनमा डा. रुइतको विशेष कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा सहभागीताका लागि नेपाली समाज टेक्ससले आव्हान गरेको छ ।

शेयर गर्नुहोस:

864
Shares