मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   

प्रवासी मञ्चको अधिवेशन सुरु

प्रवासी मञ्चको अधिवेशन सुरु

'हामी वंशजको नागरिकताको निरन्तरता चाहन्छौ' :थापा


शेयर गर्नुहोस:

1.2k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । प्रवासी नेपाली मञ्च अमेरिकाको दुई दिने चौथो अधिवेशन शनिबारदेखि अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालसमा सुरु भएको छ । मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष सञ्जय थापाले अधिवेशनको विशेष समारोहबीच उद्घाटन गरेका छन् ।
त्यस अवसरमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष थापाले गैर आवासीय नेपालीहरुको अन्तिम लक्ष्य वंशजको नागरिकता भएको उल्लेख गर्दै त्यसमा आफ्नो संगठनले सरकारसँग लबिङ्ग गरिरहेको बताए । ‘अहिले संविधानले हामीलाई एनआरएन नागरिकता दिने भनेको छ । हामी यो भन्दा पनि माथि गएर पहिले पाएको वंशजको नागरिकताको निरन्तरताको माग गरिरहेका छौं । यो पुरा नभएसम्म विदेशमा रहेका तपाई हामी नेपालीको लगानीको वातावरण हुँदैन भन्नेमा हामी ढुक्क छौँ’ उनले भने ।

सर्वोच्च अदालतको फुलबेञ्चमा पुगेको एनआरएनको मुद्धा त्यहाँबाट जे निर्णय हुन्छ त्यसलाई प्रवासी मञ्चले स्विकार गर्ने उल्लेख गर्दै थापाले वर्तमान परराष्ट्रमन्त्री आरजु देउवाले अनुचित रुपमा गिजोलेको आरोप समेत लगाए । उनले युरोपको माल्टा र न्यूजील्याण्डमा कन्सुलेट अफिस राख्नका लागि नेपाल सरकारसँग पहल भैरहेको समेत जानकारी दिए ।
सोही अवसरमा मञ्चका अमेरिका क्षेत्रीय इन्चार्ज प्रभु थापाले मञ्च सबैभन्दा प्रजातान्त्रिक र आवधिक नेतृत्व चयन गर्दै आएको चुस्त संस्था रहेको बताउँदै सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न आव्हान गरे ।
मञ्चका अध्यक्ष कृष्ण लामिछानेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा एनआरएनएका महासचिव गौरीराज जोशी, एनआरएन अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक वेदराज बस्नेत, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, प्रवासी मञ्चका संस्थापक जनक राना, आयोजक समितिका संयोजक गोकर्ण दाहाल, कुन्ती थापा, इश्वरी भट्ट लगायतले शूभकामना दिएका थिए ।


सोही अवसरमा अमेरिकामा व्यबसायका सञ्चालन गर्दाको बिभिन्न पक्षका बारेमा विजयराज भट्टराई, राजेन्द्र शिवाकोटी, डा.निर्मल पौडेल, डा. रुद्र अर्यालले अनुभव तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।
आइतबारसम्म हुने अधिवेशनले यसपटक नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । आइतबार बन्दशत्र आयोजक हुने आयोजकले जनाएका छन् । नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गोपाल कँडेल, सचिव छबी पाण्डे र सहसचिव थोमस बाँस्तोलाको नाम चर्चामा छ । तर नेतृत्व सर्वसम्मत गराउन र चुनावमा नजान दवाव दिइएको गुनासो प्रतिनिधिहरुले व्यक्त गरेका गरिरहेका छन् ।

शेयर गर्नुहोस:

1.2k
Shares