न्युयोर्क (अमेरिका)- गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरले न्युयोर्कमा भ्याक्सीन लगाउने व्यवस्था गरेको छ । फाउण्डेसनको सक्रियतामा न्युयोर्क र आसपास क्षेत्रमा रहेका नेपाली समुदायलाई लक्षित गरी भ्याक्सीन लगाइने फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए । नेपाली लगायत अन्य समुदायलेपनि फाउण्डेसनको पहलमा कोरोना भाइरसको खोप लगाउन सक्ने फाउण्डेसनले जनाएको छ । फाउण्डेसनले कोरोना भाइरसको खोप लगाउन…