मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्युस्टनका नेपालीले नेपाल पठाए अक्सिजन कन्सन्ट्रेटर सहितको स्वास्थ्य सामग्री

ह्युस्टनका नेपालीले नेपाल पठाए अक्सिजन कन्सन्ट्रेटर सहितको स्वास्थ्य सामग्री

शेयर गर्नुहोस:

9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस)- प्रवासमा नेपालीहरु भावनाको नेपालसंगै बाँचिरहेका छन् भन्ने गरिन्छ। यथार्थमा उनीहरु भावनाको नेपालसंग बाँच्ने मात्र होइन नेपालमा आपत-विपद पर्दा सबै मिलेर सहयोग जुटाउन सक्रिय पनि हुने गरेका छन्। अहिले कोभिड-१९ महामारीको दोश्रो लहरसंग जुधिरहेको नेपालमा संसार भरका नेपालीहरुले सहयोग पठाइरहेका छन्। अमेरिकाबाट पनि त्यस्तो सहयोग पठाउन नेपालीहरुको सक्रियता निकै बढेको छ। गैर आवासीय नेपाली संघ अमेरिका लगायत अमेरिकाभर रहेका नेपाली संघसंस्थाहरुले नेपाल सरकार एवं अन्य सामाजिक संघसंस्था मार्फत सहयोग पठाउने कार्य निरन्तर चलिरहेको छ।
 
यसैबीच टेक्ससको ह्युस्टनमा रहेको नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले नेपालमा हाल कोभिड-१९ माहामारीमा अत्यावश्यक स्वास्थ्य समाग्रीहरु अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, व्यक्तिगत सुरक्षा सामग्रीहरु (पीपीइ) लगायतका सामग्रीहरु गत शुक्रवार नेपाल पठाएकोछ। ह्युस्टन मै मुख्य कार्यालय रहेको इन्टरनेशनल नामको सामाजिक संस्थासंग सहकार्य गरेर एनएएचले सो सामग्रीहरु नेपाल पठाएको हो। एनएएचले ‘नेपाल कोभिड-१९ क्राइसिस रिलिफ एण्ड रिकभरी फण्ड रेजर‘ अभियानबाट संकलित रकम ६,५०० डलर र एनएएचले आफ्नै बचत रकमबाट ६,५०० डलर थपेर १३ हजार डलर सेवा इन्टरनेशनललाई हस्तान्तरण गरेको थियो। एनएएचका अध्यक्ष डा. विष्णु नेपालले सेवा यूएसए/इन्चरनेशनलका अध्यक्ष अरुण कन्कानी, नेपाली राजदूत महामहिम डा. यूवराज खतिवडा लगायतसंग समन्वय गरेर नेपालमा कोभिड-१९ उपचारका लागि अत्यावश्यक सामग्रीहरु नेपाल पठाउने व्यवस्था मिलाएका हुन्।
अध्यक्ष डा. नेपाल र एनएएचका सल्लाहकार दिनकर अमात्यले संयुक्तरुपमा एनएएचको सहयोग रकम सेवाका डिजास्टर रेस्पोन्स डिरेक्टर अचलेश अमारलाई हस्तान्तरण गरेका थिए। प्रकोप राहत तथा पुनःस्थापना (डिजास्टर रिलिफ एण्ड रिह्याविलिटेसन) क्षेत्रमा केन्द्रित सेवा इन्टरनेशनलले नेपाल, भारत, श्रीलंका, पाकिस्तान, केन्या, गुएना, कोलम्बिया लगायतका २० देशमा काम गरिरहेको छ। एनएएचको सहयोग रकम सहित सेवाले करिब ६० हजार डलर बराबरको सहयोग यूपिएस फाउण्डेसनको सहयोगमा कार्गो उडान मार्फत नेपाल पठाइएको हो। ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर ९८ वटा, १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ८ वटा, पल्स अक्सिमिटर ५४० वटा सहित व्यक्तिगत सुरक्षा सामग्रीहरु (पीपीइ) नेपाल पठाइएको डा. नेपालले हिमालय खबरलाई जानकारी गराएका छन्।
 
“नेपालमा दुख पर्दा दुख्ने नेपाली मन नेपालीहरुलाई पलायनवादी, भगौडा भन्ने आरोप लगाउँदा झन् धेरै दुख्छ। हाम्रो मातृभूमिमा माहामारीले सयौंको ज्यान लिंदा हामी चुप लागेर बस्न सक्ने कुरा भएन, त्यसैले हामीले तत्काल सहयोग पठाउन पहल गरेका हौं। प्रकोप व्यवस्थापनमा काम गरिरहेको संस्थाको समेत सहयोग लिएर नेपालमा स्वास्थ्य सामग्रीहरु पठाउन पहल गरिएको र त्यसले सफलता पनि पायो”, सहयोग हस्तान्तरण गरिसकेपछि एनएएचका अध्यक्षका. नेपालले हिमालय खबरलाई बताए।
विपदका बेला एनएएचको सहयोग अभियानमा आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग गर्ने एनएएचका सदस्य एवं शुभचिन्तकहरु, नेपालका महामहिम राजदूत डा. खतिवडा, सेवा इन्टरनेशनलका अध्यक्ष लगायत राहत ढुवानी लागत करिब २० हजार डलर बराबरको सहयोग गर्ने यूपिएस फाउण्डेसनलाई डा. नेपालले धन्यवाद ज्ञापन गरेकाछन्।
 
तस्बिर सौजन्य: डा. विष्णु नेपाल