मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव

जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव


न्युयोर्क । अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । 
 
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल–४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको छ ।
 
त्यसैले आफ्ना नागरिकलाई कोभिड १९ को खतरा बढ्दै गएको भन्दै जापान र श्रीलंका नजान भनिएको सो सूचनामा जनाइएको समाचारमा बताइएको छ ।उक्त सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो । जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ ।
 
यसका लागि जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएको कारण अमेरिका फर्कनु पर्ने नागरिकहरुले ती दुई देशका राजदूतावासमा सम्पर्क राख्न समेत भनेको छ । जापानमा जुलाई २३ मा ओलम्पिक हुने भनिएको छ । सो कार्यक्रमको करिब २ महिना अघिमात्र अमेरिकाले कोभिडका कारण समस्या भएको भन्दै आफ्ना नागरिकलाई सो सूचना जारी गरेको बताइएको छ । सिन्ह्वा