वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् । महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकिलहरुलाई समय दिन म्याक्कोनेलले उक्त आग्रह गरेका हुन् । रिपब्लिकन पार्टीका सिनेटरसँगको कन्फरेन्स कलमा छलफल गर्दै म्याक्कोनेलले अघिल्लो पटकको महाभियोगकै हाराहारीमा ट्रम्पलाई…