मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ढोक्प्या किदुक अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न

ढोक्प्या किदुक अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । तोप्केगोला सेवा समितिको प्रवासी संगठन ढोक्प्या किदुकको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आप्रवासी सहर न्युयोर्कको क्विन्समा सम्पन्न भएको अधिवेशनले गोवा ढोक्प्याको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति पनि गठन गरेको छ ।  
 
त्यसैगरी उपाध्यक्षमा निमा डोमा ढोक्प्या, सचिवमा ग्याल्जेन ढोक्प्या निर्वाचित भएका छन् । अधिवेशनले दावा फुटिक ढोक्प्या र लाक्पा ढोक्प्यालाई क्रमशः सहसचिव र कोषाध्यक्षको जिम्मेवारी दिएको छ । 
 
सह-कोषाध्यक्षमा कासगंला ढोक्प्या, सदस्यहरुमा पासाङ वागंदी ढोक्प्या, छेवाङ ढोक्प्या, फुपु नानी ढोक्प्या, दावा छिरिङ, ढोक्प्या र छोकी ढोक्प्या निर्वाचित भएका छन् । कार्यसमितिको अवधि दुई वर्षको हुनेछ । 
 
अधिवेशनले सचिवको कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदनसहित भावी कार्ययोजनालाई बन्दसत्रबाट सर्वसम्मतले पारितसमेत गरेको छ । 
 
नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजाति समुदायअन्तर्गत तोक्पेगोला (ढोक्प्या) समुदायको मातृसंस्था तोक्पेगोला समाज सेवा समिति प्रवासी संगठन ढोक्प्या किदुक अमेरिका हो ।