मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सहकर्मीलाई हत्या आरोपमा न्यूयोर्कवाट नेपाली युवा पक्राउ

सहकर्मीलाई हत्या आरोपमा न्यूयोर्कवाट नेपाली युवा पक्राउ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- न्यूजर्सीमा वस्ने एक नेपाली युवा गोली हानी सहकर्मीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । बारगेन काउण्टीले सोमवार दिएको जानकारी अनुसार मिलन घिमिरे हत्या आरोपमा पक्राउ परेका हुन् र गत सोमवार सांझ आरोपी मिलन घिमिरेले आफ्नै सहकर्मी माथि गोली चलाएको आरोप छ ।
 
यसवाट ग्यांस स्टेशनमा संगै काम गर्ने ५६ बर्षिय  पुरुषको मृत्यु भएको थियो । मिलन र ति मृतक एउटै ग्यांस स्टेशनमा काम गर्थे । प्रहरीले न्यूयोर्कवाट २४ बर्षिय मिलनलाई पक्राउ गरेको स्थानिय संचारमाध्यमले जनाएका छन् । उनलाई जधन्य हत्या, हातहतियार गैरकानुन प्रयोग लगायतका आरोप लगाईएको छ । 
 
के कारणले मिलनले गोली चलाएर सहकर्मीको हत्या गरे यो सार्वजनिक गरिएको छैन । तर, अनुसन्धानमा मिलन उक्त हत्यामा संलग्न रहेको थप प्रमाणहरु फेला परेको जनाईएको छ ।