अमेरिका समाचार

सहकर्मीलाई हत्या आरोपमा न्यूयोर्कवाट नेपाली युवा पक्राउ

सहकर्मीलाई हत्या आरोपमा न्यूयोर्कवाट नेपाली युवा पक्राउ


शेयर गर्नुहोस:

22.2k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- न्यूजर्सीमा वस्ने एक नेपाली युवा गोली हानी सहकर्मीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । बारगेन काउण्टीले सोमवार दिएको जानकारी अनुसार मिलन घिमिरे हत्या आरोपमा पक्राउ परेका हुन् र गत सोमवार सांझ आरोपी मिलन घिमिरेले आफ्नै सहकर्मी माथि गोली चलाएको आरोप छ ।
 
यसवाट ग्यांस स्टेशनमा संगै काम गर्ने ५६ बर्षिय  पुरुषको मृत्यु भएको थियो । मिलन र ति मृतक एउटै ग्यांस स्टेशनमा काम गर्थे । प्रहरीले न्यूयोर्कवाट २४ बर्षिय मिलनलाई पक्राउ गरेको स्थानिय संचारमाध्यमले जनाएका छन् । उनलाई जधन्य हत्या, हातहतियार गैरकानुन प्रयोग लगायतका आरोप लगाईएको छ । 
 
के कारणले मिलनले गोली चलाएर सहकर्मीको हत्या गरे यो सार्वजनिक गरिएको छैन । तर, अनुसन्धानमा मिलन उक्त हत्यामा संलग्न रहेको थप प्रमाणहरु फेला परेको जनाईएको छ ।

Advertisement

शेयर गर्नुहोस:

22.2k
Shares