मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

महानतम् युरोकप फाइनलको प्रतीक्षा : इटालीविरुद्ध बेलायतको भिडन्त

महानतम् युरोकप फाइनलको प्रतीक्षा : इटालीविरुद्ध बेलायतको भिडन्त

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, अमेरिका । यतिखेर विश्व खेल जगतले आइतबार बेलायतको लण्डनमा हुने युरोकप फाइनलको प्रतीक्षा गरिरहेको छ । लण्डनको वेम्बले मैदानमा दोस्रो विश्व युद्धताकाका चिर प्रतिद्वन्द्वी  इटाली र संयुक्त अधिराज्य भिड्नेछन् ।  
 
बेलायत र इटाली सामरिक दृष्टिले पनि पुराना प्रतिद्वन्द्वी हुन् । उपनिवेशकालभन्दा अघिदेखि नै इटाली र बेलायतका बीचमा सभ्यताको लडाइँ चल्दै आएको छ । दुवै देशले सभ्यतामा आफूलाई अब्बल ठान्छन् भने फुटबलको आविस्कारक पनि आफ्नो देश भएको दाबी गर्दछन् ।  
 
यसकारण पनि फुटबल प्रेमीहरुले आइतबार हुने युरोकपको फाइनल रोचक हुने अनुमान गरिरहेका छन् । दुई छिमेकी मुलुक भिड्ने प्रतियोगिता जहाँ कहीँ पनि रोमाञ्चक नभएको होइन । किनभने, दुवै देशले प्रतिष्ठाको रुपमा लिने गर्दछन् खेललाई । जस्तो नेपाल र भारतबीचको फुटबल, भारत र पाकिस्तानको क्रिकेट, बंगलादेश र पाकिस्तानको क्रिकेट, कोरिया र जापानको फुटबल, अमेरिका र मेक्सिकोको फुटबल प्रतियोगिताहरु अधिकांश तनावपूर्ण हुने गरेको पाइन्छ ।  
 
बेलायत र इटालीबीचको फुटबल प्रतियोगिता क्लबस्तरीय फुटबलमा पनि देखिँदै आएको छ । बेलायतमा खेलिने इङ्लिस प्रिमियर लिग –इपिएल) र इटालीको लिग फुटबल सिरिजका बेग्ला बेग्लै विशेषता भए पनि एकले अर्कोभन्दा अब्बल भएको दाबी गर्दछन् । तुलनात्मक रुपमा इपिएल धेरै लोकप्रिय भए पनि आपसी प्रतिष्पर्धामा कोहीभन्दा कम देखिँदैनन् । 
 
दुवै टोलीको जित्ने दाबी, इटाली तथ्यांकमा अगाडि
 
फुटबलमा बेलायती शैली र इटालियन शैलीका आफ्नै विशेषता मानिन्छ । डेभिड बेक्याम र एलन सियररको देश बेलायत आक्रामक फुटबलमा विश्वास गर्दछ भने मिचेल प्लाटिनी, पाओलो माल्दिनी र रोबर्टो बाजियोको देश इटालियनहरु मजबुत रक्षात्मक पंक्ति र काउन्टर अट्याकिङमा धेरै विश्वास गर्दछन् ।  
 
इटालियन रक्षात्मक पंक्ति संसारमै उत्कृष्ट पनि मानिन्छ । आधा शताब्दीदेखि अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा उपाधिविहीन रहेको बेलायतले आफ्नो घरेलु मैदानको फाइदा उठाउन चाहन्छ भने गत विश्वकपमा छनौट हुन नसकेको पीडालाई इटाली युरोकप घरमा लगेर मेटाउन चाहन्छ ।  
 
उपाधिको दृष्टिले इटाली बेलायतभन्दा निकैअघि छ किनकि बेलायतले एकपटक विश्वकप जितेको छ भने इटालीले चार पटक विश्वकप फुटबलको उपाधि उचालेको छ । इटाली र बेलायतले अहिलेसम्म २७ पटक आपसमा भिडेका छन् भने जसमा इटालीले ११ पटक र बेलायतले ८ पटक जितेका छन् । ८ पटकका खेल बराबरी भएका छन् । इटाली ४ पटक युरोकपको फाइनलमा पुगेको छ भने बेलायत पहिलोपटक पुगेको हो । इटाली ६ पटक विश्वकपको फाइलमा पुगी ४ पटक उपाधि जितेको छ ।  
 
त्यसैगरी बेलायत एकपटक फाइनलमा पुगेको छ भने उपाधि पनि एक पटकमात्रै उचालेको छ । दुवै देश खेलको परिणाम जे सुकै आउला तर फाइनल भने निकै रोमाञ्चक हुनेमा दुईमत भने छैन ।  
 
पछिल्लो समय बेलायती टोलीले आफ्नो खेल कौशलमा निकै सुधारेको देखिन्छ भने उसलाई गृह मैदानको फाइदा पनि हुन सक्छ । तर, इटालीको खेल शान्त, मजबुत रक्षापंक्ति र काउन्टर आक्रमणको शैलीले बेलायतलाई उसकै मैदानमा माथ नदेला भन्न सकिँदैन ।